बुधबार, मंसिर १७ २०७७
काठमाडौं २१:४४
वासिङटन डिसी 10:59

राजनीतिक दलहरुको योगदानले नयाँ वर्षमा संविधान आउँछ : प्रधानमन्त्री कोइराला

इनेप्लिज २०७२ वैशाख १ गते १४:२५ मा प्रकाशित

NEajainteraction3

प्रधानमन्त्री सुशील कोइरालाले संविधानले विकासको नयाँ ढोका खोल्ने बताउनुभएको छ । रुकुमको दुर्गम तकसेरा गाविसमा आयोजना गरिएको आदिवासी जनजाति कला सांस्कृतिक महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले अबको युग विकासको युग भएको हो भन्नुभयो । नयाँ संविधान जारी भएसँगै विकासले गति लिने र यस अभियानका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । राणा शासन, पञ्चायती व्यवस्था तथा राज संस्था ढलिसकेको अवस्थामा दलहरुसामु लडाईं झगडा होइन विकास मुख्य एजेन्डा बन्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । “तपाईं हामी केका लागि र कोसँग लडाईं झगडा गर्ने हो ?” प्रधानमन्त्रीले भन्नुभयो – हामी सबै एक भएर नेपालको उन्नति विकासका लागि लाग्न जरुरी छ ।” प्रधानमन्त्री कोइरालाले बगिरहेको पानीलाई पैसामा रुपान्तरण गर्न लागिपर्नुपर्नेमा पनि जोड दिनुभयो । “नेपालमै डलर फलाउन सकिन्छ त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट लागौँ,” प्रधानमन्त्रीले भन्नुभयो । अर्को एक प्रसङ्गमा प्रधानमन्त्री कोइरालाले समयमै संविधान आउने विश्वास दिलाउनुभयो । संविधान आओस् भन्ने चाहना सबैको रहेको बताउँदै उहाँले त्यसका लागि योगदान गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभयो । प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “सहमतिमा संविधान निर्माण गर्ने त तपार्इंहरुले भन्नुहुन्छ । त्यसका लागि छलफलमा त बस्नुपर्‍यो नि !” रासस

प्रतिक्रिया