लिबियामा राष्ट्रिय एकताको सरकार आवश्यक
संयुक्त राष्ट्र सङ्घ, १ वैशाख । लिबियामा राष्ट्रिय एकताको सरकार गठन गर्न सहमति र संयुक्त प्रयासको आवश्यकता औँल्याउंदै राष्ट्र सङघीय सुरक्षा परिषद्ले त्यहाँका सबै राजनीतिक दललाई आह्वान गरेको छ ।
राष्ट्रिय सुरक्षा, राजनीतिक सङ्कट समाधान र संस्थागत स्थायित्वका लागि इमान्दार सहमति र सहकार्यबाहेक अन्य विकल्प नरहने हुँदा यसतर्फ लाग्न सबै राजनीतिक दललाई सुरक्षा परिषद्ले गम्भीर आग्रह समेत गरेको छ ।
लिबियाको राजनीतिक सङ्कट समाधान गर्ने उपायको खोजीमा अल्जेरियाको राजधानी अल्जियर्समा भेला भइ छलफलमा जुटेका लिबियाका राजनीतिक नेताहरुलाई १५ सदस्यीय राष्ट्र सङ्घीय सुरक्षा परिषदद्वरा प्रकाशित एक प्रेस विज्ञप्तिमा सो आग्रह गरिएको हो ।
“लिबियामा हाल निरन्तरता पाइरहेको हिंसात्मक घटनाले सुरक्षा परिषदको गम्भीर ध्यान आकर्षित भएको र सैनिक कारबाही नै सङ्कट समाधानको उपाय नभएकोले शान्ति र समझदारीको वातावरणको सिर्जना गरी सार्थक वार्ताद्वारा मूल समस्याको जड पत्ता लगाउनसमेत लिबियाका सबै राजनीतिक पार्टीलाई आह्वान गरिएको छ” सुरक्षा परिषद्द्वारा प्रकाशित सो विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिवको पहलमा गतः सोमबारदेखि अल्जेरियामा लिबियाली राजनीतिक दलहरु र सरकारबीच पहिलोचरणको शान्ति वार्ता बैठक सुरु भएको छ । राष्ट्र सङ्घीय विशेष दूत र लिबियाका लागि राष्ट्र सङघीय नियोगका प्रमुख बनार्डिनो लियोन समेत दुई जनाले संयुक्तरुपमा सो बैठकको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनका अवसरमा लिबियाका लागि राष्ट्र सङघीय नियोग प्रमुख लियोनले अबका दिनमा थप कोही पनि लिबियालीले ज्यान गुमाउनु नपरोस भन्ने कामना गर्नुभएको थियो । उहाँहरु दुवैजना सो वार्ताका संयोजकसमेत रहनुभएको छ ।
तत्कालीन निरङ्कुश राष्ट्रपति मुअम्मर गद्दाफिको सन् २०११ मा भएको पतनपछि सदैव हिंसा, सशस्त्र डकैति, अपहरण विद्रोह, र द्वन्द्वले लिबियालाई तहस नहस पार्दै आएको छ ।
त्यस्तै लिबियाको अतिवादी इस्लामी विद्रोही समूह अन्सार अल सारिया र सरकारी सेनाबीच गत वर्षको मे महिनादेखि सशस्त्र भीडन्त जारी रहेको छ । सरकारी सेनाले लिबियावासीउपर बेइदा नगरमा अतिशय ज्यादती र अत्याचार गरेकाले त्यसको प्रतिकार गर्न सो समूह जन्मिएको भनी अन्सार अल सारिया विद्रोहीहरुले दाबी गर्दैआएका छन् ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग
प्रतिक्रिया