विद्यालयका युवती अपहरणको एक वर्ष
लागोस, १ वैशाख । नाइजेरियाको उत्तरपश्चिमी सहर चिबोकबाट बोको हराम आतङ्ककारी समूहले एक विद्यालयका २१९ जना युवती अपहरण गरेको मङ्गलबार एक वर्ष पुगेको बताइएको छ ।
ती युवतीहरुको रिहाइको लागि एम्नेस्टी इन्टरनेसनलले पुनः आह्वान गरेको छ । इस्लामिक आतङ्ककारी सो समूहले गत वर्ष महिला, युवतीहरु कम्तीमा दुई हजार जनालाई अपहरण गरेका जनाइएको छ ।
संयुक्त राष्ट्र र अफ्रिकन मानवअधिकार समूहले नाइजेरियामा जारी द्वन्द्वमा युवा युवतीलाई लक्षित गर्न अन्त्य गर्न आग्रह गरेको छ । नाइजेरियामा जारी द्वन्द्वमा परी कम्तीमा १५ हजार व्यक्तिको मत्यु भएको छ । त्यसैगरी ८० हजार बालबालिकासहित १५ लाख व्यक्ति जारी द्वन्द्वको कारण घरवारबिहीन भएका छन् ।
गत वर्षको अप्रिल १४ मा भएको उक्त युवती अपहरण काण्डको आज एक वर्ष पुगेकोमा नाइजेरियाको राजधानी अबुजामा जारी प्रर्दशनमा हरेक दिन जस्तो अपहरणमा परेका महिला र युवतीहरूलाई रिहाइको माग गरिएको बताइएको छ ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया