अज्ञात रोगबाट थप चार जनाको मृत्यु
इनेप्लिज
२०७२ वैशाख १ गते ८:१२ मा प्रकाशित
जाजरकोट, १ वैशाख । अज्ञात रोगका कारण गएराति यस जिल्लामा थप चार जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टालेगाउँ गाविस वडा नं ३ का ५० वर्षीया लक्ष्मी नेपाली, वडा नं ५ का ५५ वर्षीया धनकला दमाईं, वडा नं ६ का ५१ वर्षीय हस्ते कामी र वडा नं २ का ६१ वर्षीया महेश्वरा सिंह रहेको स्वास्थ्य चौकी टालेगाउँका प्रमुख प्रेमा लामाले जानकारी दिनुभयो ।
मङ्गलबार मात्र १८० जना बिरामी उपचारका लागि अस्पताल ल्याइएको छ । बिरामी राख्ने ठाउँ नभएका कारण खुला चौरमा राखेर उपचार गर्न बाध्य भएको लामाको भनाइ छ ।
बिरामीहरुमध्ये श्वासप्रश्वाससम्बन्धी रोगी बढी भएको उहाँको भनाइ छ । स्वास्थ्यकर्मीको सङ्ख्या बढाउनुपर्ने लामाको माग छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया