आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०२:२०
वासिङटन डिसी 15:35

एमाले अध्यक्षको शुभकामना: संविधानको चाहना पूरा हुने

इनेप्लिज २०७२ वैशाख १ गते ७:५८ मा प्रकाशित

kp_UML_20140324060143काठमाडौँ, १ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र विदेशमा रहेका नेपालीलाई नयाँ वर्ष २०७२ सालको शुभकामना दिँदै जनताको आफ्ना सम्पूर्ण अधिकारसहितको संविधान प्राप्त गर्ने चाहना पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

अध्यक्ष ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा यस नयाँ वर्षकोे सुखद उपलक्ष्यमा सबैको जीवनमा खुसियाली, सुख, समृद्धि, दीर्घायु र सुस्वास्थ्यको हार्दिक एवम् मङ्गलमय कामनासमेत व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार धरहरा चढेर साङ्केतिक शुभकामना पनि दिनुभएको थियो ।

प्रतिक्रिया