अमेरिकामा धुर्मुस र सुन्तलीको देश सफाई अभियानले १३ लाख जुटायो

इनेप्लिज २०७२ वैशाख १ गते १:५९ मा प्रकाशित

b 3

पशुपतिको यात्रा सिद्राको ब्यापार झैँ भएको छ चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई अमेरिकामा l

अप्रिल २ तारिख अमेरिकाको भ्रमणमा २०७२ नया बर्ष धमाका भाग-१ लिएर सवा दुई महिनाको कार्यक्रममा अमेरिका आई पुगेका यी जोडीले कार्यक्रम प्रदर्शन संगै देश सफा गर्ने अभियानलाई पनि सशक्त रुपमा व्यापक प्रचार प्रसार गर्न सफल भएका छन् l

उनीहरुको देश सर सफाई अभियानले नेपाली समुदायमा राम्रो प्रभाव पार्न थालेको छ l अप्रिल ४ देखि अप्रिल १२ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा गरेको २०७२ नया बर्ष धमाका कार्यक्रम संगै नेपाली समुदायले सफाई अभियानलाई राम्रो आर्थिक सहयोग प्राप्त भै रहेको सिताराम कट्टेल बताउदछन l

भर्जिनिया ,बोस्टन तथा टेक्सास राज्यका बिभिन्न शहरहरु गरि ५ स्थानमा गरिएको कार्यक्रममा देश बनाउने उदेश्यका लागि भनि नेपाली समुदायले स्वत स्फ्रुत रुपमा व्यापक आर्थिक सहयोग गर्दै अहिले सम्म करिब १३ लाख प्राप्त भएको जानकारी दिए

धुर्मुस’ र ‘सुन्तली’ ले कार्यक्रमको अतिरिक्त सर सफाई अभियानलाई व्यापक सचेतना गरि रहेका छन् भने देश सर सफाई अभियानलाई अमेरिकामा रहेका नेपाली समुदायले पनि उत्तिकै अभिरुचि देखाई आर्थिक सहयोग गरेका छन् l

नेपालको सर सफाईमा हामी प्रतक्ष्य रुपमा संलग्न हुने भएकोले त्यो पैसाको दुरूपयोग हुने छैन भन्ने विश्वास अमेरिकामा रहेका नेपाली समुदायलाई भएकोले छोटो अवधिमा पनि यति रकम उठाउन सकेकोमा हर्ष लागेको सिताराम कट्टेल “धुर्मुस” बताउदछन l

धुर्मुस अगाडी भन्छन हामी जुनको दोश्रो हप्ता सम्म अमेरिकामा हुनेछौ l नेपाली समुदायले धेरै सहयोग गर्ने छन् भन्ने विश्वास राखेका छौ l हामी सबै नेपाली समुदायसंग देश सफाई गर्ने अभियानको चर्चा परिचर्चा चलाउने छौ l

नेपाली समुदायले हाम्रो यो अभियानलाई होस्टेमा हैसे गर्नु हुन्छ भन्ने हामीलाई विश्वास लागेको छ ,सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ एक साथ बताउदछन l

अमेरिकामा आर्थिक सहयोग गर्ने बुद्धिजीवी ,ब्यबसायी ,उद्योगपति ,बिद्यार्थी तथा विभिन्न पेशामा संलग्न हुने सबैवर्गलाई नेपाल सरकारको सरसफाई अभियानको सद्भावदुतको हैसियतले धन्यबाद दिन चाहन्छौ l यो अभियान बारेमा यहाँ मात्र नभई बिश्व भर रहनु हुने सबै नेपाली समुदायमा पुगोस भन्ने हाम्रो चाहना रहेको छ l

देश बनाउने जिम्मा हामी सबैको हो l हामी अमेरिका पछि अस्ट्रेलिया पनि जाने योजना रहेको धुर्मुसले बताए भने अन्य देशमा पनि यो अभियानलाई सशक्त रुपमा हामी अगाडी बढाउने छौ l

देश सरसफाई अभियानको मूल नारा “सबै जना सबै दल ,सरसफाईमा लगाऊ बल “भन्ने रहेको धुर्मुसले बताए l राजनैतिक परिवर्तनको लागि पटक पटक सडकमा आउनु भयो ,अब देश परिवर्तनका लागि एक पटक जुट्न सम्पूर्ण नेपालीहरुलाई हामी जोडी (धुर्मुस र सुन्तली )आब्हान गर्दछौ l

नेपालको सर सफाईमा सहयोग गर्न चाहन राख्ने सबै नेपाली समुदायलाई हामी यो कामको जिम्मेबार लिन चाहन्छौ भन्दै सबैलाई आब्हान गर्न चाहेको दम्पत्तिले बताए l

नेपाल सरकारले सरसफाई अभियानको सद्भाव दुत बनाई हामीलाई उच्च सम्मान दिएको छ l हामीले पनि उक्त जिम्मेबारीलाई शिरोधार्य गर्दै हामी पनि अग्रगामी दिशामा बढी रहेका छौ भन्दै छोटो समयमा हामीले केही काम पनि गरेर देखाउने मौका पाएका छौ ,धुर्मुस भन्छन l

२०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रम लिएर अमेरिका आएका ५ जना कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’ तथा कुञ्जना घिमिरे ‘सुन्तली’ सहित लोक गायक पशुपति शर्मा, आधुनिक गित गायक प्रमोद खरेल ,लोक गायिका संगिता थापा मगर तथा वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मी समेतले सरसफाई अभियानलाई सहयोग गरि रहेका छन् l र,दिर्घकालिन समय सम्म यो अभियान लाई साथ दिने प्रतिबद्धता जनाएका छन् l

सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई नेपाल सरकारले उप-सचिव सरहको सेवा र सुविधा दिएर यो अभियानको ‘सद्भावना दुत’ बनाएको हो l

प्रतिक्रिया