संविधान निर्माणमा विलम्ब नगर्न एमालेको जोड
इनेप्लिज
२०७१ चैत ३० गते १३:३७ मा प्रकाशित
काठमाडौँ, ३० चैत । नेकपा (एमाले) संसदीय दलको एक्काइसौंँ बैठकले नेपाली जनताको आकाङ्क्षा र निर्देशन तथा देशको आवश्यकताअनुरुप संविधान निर्माणको प्रक्रिया विलम्ब नगरी अघि बढाउँदै छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ ।
आज अपराह्न संविधानसभा भवनमा सम्पन्न बैठकले सहमतिका निम्ति वार्ताको माध्यमबाट निरन्तर प्रयत्नशील रहँदै संविधाननिर्माणमा संविधानसभाको कामकारबाही अगाडि बढाउन सबैलाई आग्रह गरेको छ ।
बैठकले जाजरकोटमा अज्ञात रोगका कारण भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै अविलम्ब रोग पहिचान गरी निराकरण गर्न तथा बिरामीको उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । बैठकले ताप्लेजुङ र सप्तरीलगायत देशका विभिन्न भागमा भएका आगलागीमा परी जनधन गुमाएकालाई तत्काल सहयोग गर्न पनि माग गरेको छ ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया