बिहीबार, मंसिर ११ २०७७
काठमाडौं २०:५०
वासिङटन डिसी 10:05

कांग्रेस र एमालेले अब सहमतिको नाममा प्रक्रिया नरोक्ने

इनेप्लिज २०७१ चैत ३० गते १३:३३ मा प्रकाशित

Photo

काठमाडौ, ३० चैत । सहमतिको लागि भन्दै संविधान सभामा माघ ११ गते सुरु भएको संविधान निर्माणको प्रक्रिया रोक्दै आएका सत्तारुढ दुई दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले अब भने संविधानसभाको प्रक्रिया नरोक्ने भएका छन ।

हिजो अवेरसम्म दुई दलको विचमा भएको छलफलले जनताले काग्रेस र एमालेले उठाएको एजेण्डालाई समर्थन गरेको अब प्रक्रियालाई रोकेर संविधान निर्माण प्रक्रिया ढिला गर्नु जनमतको अपमान हुने निष्कर्स निकालेको हो।
बाग्लुङ्ग क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा काग्रेस विजयी बनेको, एमालेले पनि मत बढाएको र विपक्षी मोर्चाका साझा उम्मेदवारको पहिला भन्दा घटेर जमानत जफत भएको घटनालाई पछिल्लो जनमतको प्रतिनिधित्वको रुपमा लिदै विपक्षीले उठाएको जातीय प्रदेशलाई जनताले मन नपाएको निष्कर्स बैठकले निकालेको हो ।
काग्रेस नेता रमेश लेखकले काग्रेस र एमालेको पक्षमा जनमत बढ्नु र विपक्षी मोर्चाको जमानत जफत हुनुले काग्रेस र एमालेको प्रक्रियाबाट भए पनि संविधान जारी गर्ने योजनालाई अनुमोदन गरेको भन्दै अब प्रक्रियालाई नरोकी अगाडि बढ्ने स्पष्ट पारे ।
उनले अब जातीय प्रदेश, एकमधेस प्रदेश लगायतका विषयमा विपक्षी मोर्चासँग बार्ता नगर्ने स्पष्ट पार्दै आजको संविधानसभा शोक प्रस्ताव पारित गरेर स्थागित भए पनि छिट्टै बैठक गरेर प्रक्रिया सुरु गर्ने निष्कर्समा आफूहरु पुगेको बताए

प्रतिक्रिया