शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ००:४५
वासिङटन डिसी 14:00

थापाको स्वास्थ्यमा सुधार

इनेप्लिज २०७१ चैत ३० गते १३:०२ मा प्रकाशित

Surya-Bahadur-Thapaकाठमाडौँ, ३० चैत । भारतको मेदान्त अस्पतालमा उपचार गराइरहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

गत शुक्रबार अस्पतालका डा आदर्श चौधरीको नेतृत्वको टोलीले उहाँको ग्यास्ट्रेक्टोमीको शल्यक्रिया गरेको र उहाँको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको उहाँका सुपुत्र एवम् वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले बताउनुभएको छ ।

उहाँलाई सघन उपचार कक्षबाट विशेष कक्षमा सारिएको र आजैबाट मुखबाट तरल पदार्थ दिन थालिएको छ ।

प्रतिक्रिया