आइतबार, मंसिर १४ २०७७
काठमाडौं १४:०३
वासिङटन डिसी 03:18

नेजस, क्यालिफोर्नियामा चुनावको रन्को, पाण्डे प्यानल अगाडि

इनेप्लिज २०७१ चैत ३० गते ११:३१ मा प्रकाशित

njss

 

 

 

 

 

 

 

 

 

 

 

 

यही १९ अप्रिलमा हुने नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाको निर्वाचनमा प्रतिक पाण्डे नेतृत्वको प्यानल को अवस्था निकै बलियो बन्दै गईरहेको छ । पाण्डे प्यानलले महिला, आदिवासी जनजाति लगायत सबैलाई समेटेर समावेशी ढङ्गले उम्मेदवारी दिएका कारण निर्वाचनमा उक्त प्यानलका सबै उम्मेदवारहरु को बिजय सुनिश्चित बन्न पुगेको छ । राजनीतिका लागि राजनीति होइन, समाज परिवर्तन र विकासका लागि राजनीतिक सहभागिता भन्ने मूल्यमन्त्रलाई आत्मसाथ गर्दै पाण्डे प्यानलले उम्मेदवारी दिएको हो ।

पाण्डे प्यानलमा बे एरियामा बसोबास गर्नु हुने सबै तह, तप्का, जातजाती, भौगोलिक बसाई आदि इत्यादि लाई उम्मेदवार बनाइएको छ । योग्य, दक्ष, अनुभवी तथा प्रतिवद्ध हातहरुको साथबाट मात्र समाजमा परिवर्तन सम्भव छ । पाण्डे प्यानलका उम्मेदवारहरु कसैबाट अभिप्रेरित, कसैको प्रभाव, कसैको दबाब भन्दा माथि उठेर नेपाल र नेपालीका लागि कर्मठ भएर लाग्ने प्रतिवद्धताका साथ अगाडि आएका छन् । यी सहयोगी हातहरुलाई साथ दिएर बे एरियामा रहेको फोहोरी राजनीति तथा खेललाई अस्तु गरि एउटा नयां सुनौंलो दिनको शुरुवात गर्न पाण्डे नेतृत्वको प्यानलले हार्दिक आह्वान समेत गरेको छ ।

सभापतिका उम्मेदवार प्रतिक पाण्डे सिभिल इञ्जिनीयरिङमा डिप्लोमा तथा समाजशास्त्रमा स्नातक हुनु हुन्छ । पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानमा नेबिसंघ ईकाईका उपसभापति, सुनसरी जिल्ला सदस्य, नेपाल तरुण दल धरान नगरपालिकाका सहसचिव समेत रहनु भएको थियो । दलित गैर सरकारी संस्था, महासंघ तथा जागरण मिडिया सेन्टर जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त गैर सरकारी संस्था मा वरिष्ठ स्तरमा बसेर संस्था सञ्चालन गरेको अनुभव पनि उहाँमा छ । हाल सन्नीभेलमा बस्दै आउनुभए का पाण्डे नेजस क्यालिफोर्नियाका हाल महासचिव समेत हुनुहुन्छ ।

njss1

 

 

 

 

 

 

 

 

 

 

 

 

यस्तै अनिवार्य उपसभापतिको उम्मेदवार संगीता गुरुङ कन्या गल्र्स कलेजबाट बिबिस उत्तीर्ण हुनुहुन्छ । हाल ड्याली सिटीमा बस्दै आउनुभएकी गुरुङ नर्थन क्यालिफोर्निया तमु समाजकी सल्लाहकार, नेपाल वुमन ग्लोबल नेटवर्ककी महासचिव र द ह्वाइट जोनकी आजीवन सदस्य हुन । अर्का उपसभापतिका उम्मेदवार प्रकाश बस्नेत क्यालिफोर्निया इस्टेट युनिभर्सिटी इस्ट वे बाट आइटी म्यानेजमेन्ट तथा कर्पोरेट म्यानेजमेन्टमा बिएस्सी हुनुहुन्छ । उहाँ नेविसंघमा सन् २००४ देखि सक्रिय रुपमा क्रियाशील हुँदै आउनु भएको छ । उहाँ हाल ओकल्याण्डमा रहनु भएको छ ।

सचिवका उम्मेदवार प्रदीप भण्डारी समाजशास्त्रमा एमए हुनुहुन्छ । नेविसंघ काठमाडौं जिल्लाका सहसचिव, त्रिचन्द्र क्याम्पसका ईकाई सहसचिव, नेपाली काँग्रेस इंचगु नारायणका सचिव हाल नेपाली जनसम्पर्क समिति क्यालिफोर्नियाका सदस्य रहनु भएका भण्डारी हाल बकर्लीमा बस्दै आउनुभएको छ । यस्तै सहसचिवका उम्मेदवार नरेन्द्र तामाङ कानूनमा स्नातक हुनुहुन्छ । कानून व्यवसायीका साथ साथै व्यापारमा संलग्न तामाङ नेविसंघमा आवद्ध भई नेपाली काँग्रेसमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ हाल अमेरिकाको सेरिटोमा बस्दै आउनुभएको छ ।

यसैगरि कोषाध्यक्षकी उम्मेदवार शोभा राई समाजशास्त्रमा एमए हुनुहुन्छ । नेपाल मातृ गृहकी संस्थापक अध्यक्ष रहेकी र हाल पनि क्रियाशील रहनु भएकी राई विगत १५ बर्षदेखि नेपाली काँग्रेसमा क्रियाशील सदस्यका रुपमा सक्रिय रहनु भएको छ । उहाँ हाल अल्बानीमा बस्दै आउनुभएको छ ।

यस्तै सदस्यका उम्मेदवार अनुप तिमिल्सिना, धु्रव कुंवर, मदन महर्जन, मनोहरा थापा बोगटी, मिरा वस्ती, रवि श्रेष्ठ, रुपेश घृतकौशिक, सञ्जिय उप्रेती, सुनिता सापकोटा कँडेल, सूर्य शर्मा, सुनिल थापा को अवस्था पनि सुदृढ रहेको छ । लिंकन युनिभर्सिटीबाट एमबिए गरेका अनुप तिमिल्सिना द ह्वाइट जोनका पूर्व महासचिव हुन । रोटरी क्लब डिल्लीबजारका पूर्व सचिव एवं कोषाध्यक्ष रहेका उनी नेबिसंघ काठमाडौंमा सक्रिय हुनु भएको थियो । उहां हाल ओकल्याण्डमा बस्दै आउनुभएको छ ।

यस्तै अर्का सदस्यका उम्मेदवार धु्रव कुंवर सिविल इञ्जिनीयरिङमा डिप्लोमा हुनुहुन्छ । पोखरा एफएम तथा गण्डकी मिडिया हाउससँग आवद्ध कुँवर गण्डकी मिडिया हाउससँग आवद्ध रहनु भएको छ । उहाँ पनि हाल ओकल्याण्डमा बस्दै आउनुभएको छ । यस्तै सोनोमा इस्टेट युनिभर्सिटीबाट बिजिनेस एडमिनिष्ट्रेसनमा ब्याचलस डिग्री गर्नुभएका मदन महर्जन हाल नेवा समाज क्यालिफोर्नियाका महासचिव हुनुुहुन्छ । उहाँ हाल सान्टा रोजामा हुनुहुन्छ ।

यस्तै पदमकन्या क्याम्पसमा नेविसंघमा सक्रिय सदस्य मनोहरा थापा बोगटी २०४६ सालको जनआन्दोलन मा सक्रिय सहभागी रहनु भएको थियो । हाल बर्कलीमा रहँदै आउनु भएकी बोगटी नेविसंघमा काठमाडौं भोजपुर सम्पर्क मञ्चकी पूर्व कोषाध्यक्ष, जनसम्पर्क समिति क्यालिफोर्नियाको पूर्व कार्यसमिति सदस्य, एनडब्लुजीएनकी बोर्ड मेम्बर रहनु भएको छ । यस्तै अर्का सदस्यकी उम्मेदवार मिरा वस्ती सिद्धार्थ वनस्थली स्कूलमा ६ बर्षसम्म अध्यापन गर्नुभएको थियो । नेविसंघमा सक्रिय रहनु भएकी वस्ती जनसम्पर्क समिति नेवाडा च्याप्टर कार्यसमितिका सदस्य पनि हुनुहुन्छ । उहाँ हाल कंकर्डमा बस्दै आउनुभएको छ । यस्तै सदस्यका उम्मेदवार रवि श्रेष्ठ बीबीए बीआईई कलेज मल्टाबाट गर्नुभएको छ । उहाँ नेविसंघका सक्रिय सदस्य हुनुहुन्छ भने हाल मिल्पिटासमा बस्दै आउनुभएको छ ।

यस्तै त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा मास्टर डिग्री गर्नुभएका रुपेश घृतकौशिक युनेस्को र इन्सेक जस्ता अन्तर्राष्ट्रियस्तरको संस्थामा वरिष्ठ पदमा बसिसक्नु भएका मानवअधिकारवादी हुनुहुन्छ । उहाँ हाल सन्नीवेलमा रहनु भएको छ । यस्तै सदस्यका अर्का उम्मेदवार सञ्जिव उप्रेती नुवाकोट नेविसंघ तथा नेपाल तरुण दलको जिल्ला सदस्य रहनु भएको थियो । उहाँ पशुपति बहुमुखी क्याम्पस चाबहिल काठमाडौंको ईकाई सदस्य समेत रहनु भएको थियो । उहाँ हाल एल सेरिटोमा बस्दै आउनुभएको छ । यस्तै सदस्यका उम्मेदवार सुनिता सापकोटा कँडेल नेपाली काँग्रेस नवलपरासीका सक्रिय सदस्य हुनुहुन्छ भने हाल एनडब्लुजीएनका बोर्ड मेम्बर रहनु भएको छ । उहाँ मेनेजमेन्टमा ब्याचलर डिग्री हुनुहुन्छ । हाल सनफ्रान्स्सिको मा रहनु भएकी कँडेल कम्युनिटी रेडियो बिजया एफएममा संलग्न रहनु भएको छ ।

यस्तै सदस्यका अर्का उम्मेदवार सूर्य शर्मा जील्याण्ड बिजनेस कलेज डेनमार्कबाट ब्याचलर्स इन मेनेजमेन्ट हुनुहुन्छ भने पीएन क्याम्पस पोखरामा नेविसंघ ईकाईमा सक्रिय सदस्य रहनुभएको थियो । उहाँ द ह्वाइट जोन क्यालिफोर्नियाका पूर्व उपसभापति रहनु भएको छ । हाल उहाँ अल्बानीमा बस्दै आउनुभएको छ । यस्तै सदस्यका उम्मेदवार सुनिल थापा पीएन क्याम्पस पोखराबाट बीबीए हुनुहुन्छ । हाल एल सेरिटोमा बस्दै आउनुभएका थापा नेविसंघका सक्रिय सदस्य हुनुहुन्छ ।

njss2

प्रतिक्रिया