रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्षमा थापा निर्वाचित
धनगढी, ३० चैत । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय अधिवेशनबाट वर्तमान अध्यक्ष सञ्जीव थापा पुनः केन्द्रीय कार्य समितिको अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
कार्यसमितिका पदाधिकारी चयन गर्न सुरु गरिएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा वर्तमान अध्यक्ष थापाबाहेक अरू कसैको उम्मेदवारी नपरेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको रेडक्रस सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले बताउनुभयो ।
अध्यक्षमा निर्वाचित थापा केन्द्रीय कार्य समितिको अध्यक्षमा यसअघि दुई कार्यकालका लागि पनि निर्वाचित हुनुभएको थियो । केन्द्रीय कार्य समितिको कार्यकाल चार वर्षको हुन्छ ।
केन्द्रीय कार्य समितिका अन्य २२ सदस्य पदका लागि भने ४६ जनाको उम्मेदवारी परेको जनाइएको छ । मतदानको प्रक्रियाद्वारा आज सदस्यको चयन हुने बताइएको छ ।
अधिवेशनले रक्तसञ्चार, एम्बुलेन्स सेवा सञ्चालन, विपद् व्यवस्थापनलगायतका आकस्मिक सेवाहरु सञ्चालनको सन्दर्भमा सरकारसँगको सहकार्यलाई बढाउने, सहरी क्षेत्रमा केन्द्रीय क्रियाकलाप बढाउने, आप्रवासन, हिंसा न्यूनीकरण, शान्ति प्रवद्र्धन गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ।
यसैगरी, जुनियर तथा युवा रेडक्रस सर्कलको कार्य क्षेत्र थप विस्तार गर्ने, गाउँस्तरसम्म मानवताका लागि हुने क्रियाकलापलाई थप सशक्त बनाउने प्रस्ताव पनि पारित गरेको पौडेलले बताउनुभयो ।
यस्तै, स्वास्थ्य प्रवद्र्धन र विपद् व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखेर प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको रु एक अर्ब ३३ करोडको बजेटसमेत पारित गरिएको छ । प्रस्तुत बजेटमध्ये साधारणतर्फ रु २३ करोड र विकासतर्फ रु एक अर्ब १० करोड रहेको छ ।
तीन जिल्ला शाखा उत्कृष्ट भई पुरस्कृत
अधिवेशनबाट गत वर्ष रेडक्रसका क्रियाकलापलाई प्रभावकारी बनाएबापत रेडक्रसको पर्सा, कास्की र चितवन जिल्ला शाखालाई क्रमशः पहिलो, दोस्रो र तेस्रो घोषित गरी पुरस्कृतसमेत गरिएको छ ।
यसैगरी, अधिवेशनले प्रत्येक जिल्ला शाखामा स्वास्थ्य प्रवद्र्धन कोष खडा गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । अधिवेशन आज सकिँदैछ ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया