अस्पतालको विद्युत् लाइन काटियो
नेपालगन्ज, ३० चैत । नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले स्थानीय भेरी अञ्चल अस्पतालको विद्युत् आपूर्ति काटेको छ ।
वर्षौसम्म लाखौँ रकम बक्यौता भएको र पटकपटक आग्रह गर्दा पनि महसुल भुक्तान नगरेकाले बाध्य भएर विद्युत् आपूर्ति काट्नु परेको जनाइएको छ ।
सो कार्यालयका प्रमुख चुटनकुमार श्रीवास्तवले हाल करिब रु ७५ लाख विद्युत् महसुल बक्यौता रहेको भेरी अञ्चल अस्पतालको आपत्कालीन सेवा र उपचारमा प्रभाव पार्नेबाहेक अन्य सेवासँग सम्बन्धित विद्युत् आपूर्तिं मात्र काटिएको बताउनुभयो ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् शुल्क नबुझाउने एक हजार ६८ को लाइन काटेको छ । यसरी काटेको लाइनमध्ये ६२८ जनाको लाइन पुनः जडानबापत रु दुई करोड ३६ लाख राजस्व सङ्कलन भएको छ ।
प्रमुख श्रीवास्तवका अनुसार प्राधिकरणले कालोसूचीमा परेका २३ ग्राहकवाट रु १२ लाख असुल गरेको छ भने विद्युत् चुहावट गर्ने ४१ जनाबाट पनि रु १३ लाख ७३ हजार राजस्व असुल गरेको छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग
प्रतिक्रिया