सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०४:०७
वासिङटन डिसी 17:22

अमेरिकाको टेक्ससमा प्रमोदको हंगामा संगै धुर्मुस र सुन्तलीले मच्चाए धुम

इनेप्लिज २०७१ चैत २९ गते २०:०३ मा प्रकाशित

new-year-1नेपाली समाज टेक्सासको (NST) आयोजनामा ‘नयाँ वर्ष २०७२’ को शुभ उपलक्ष्यमा हिजो साँझ, एप्रिल ११ शनिवारका दिन टेक्ससको ड्यालासमा “नयाँ वर्ष २०७२ सांस्कृतिक साँझ” भव्य कार्यक्रमको आयोजना गरियो।news-year-9 (1)

नेपाली समाज टेक्ससका महासचिव विजयराज भट्टराईले औपचारिक सुरुवात गर्नु भएको उक्त कार्यक्रमको समन्वय तथा आगामी सञ्चालन भने बुद्धि रेग्मीले गर्नु भएको थियो। कार्यक्रममा समाजकै इभेन्ट उपाध्यक्ष यमुना भट्टराईले स्वागत मन्तव्य दिनुभयो।

सधैको कार्यक्रम भन्दा पूर्णत भिन्न ढंगले प्रस्तुत गरिएको नेपाली समाज द्वारा आयोजित यस कार्यक्रम दर्शकको सन्तुस्टीका दृष्टिकोणले अति नै मनोरन्जनात्मक भए पनि ७५० सिट क्षमता भएको हलमा झन्डै ९०० भन्दा बढी दर्शकको उपस्थितिले काठमाडौँको साझा बसको याद दिलाई रहेको धेरैले महसुस गरेका थिए।

कार्यक्रममा स्थानीय कलाकारको प्रस्तुति नरहेको हुँदा अतिथि कलाकारको मात्र प्रस्तुति राम्ररी बगेको थियो। कलाकारहरू सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), पशुपति शर्मा (लोक गायक), प्रमोद खरेल ( गायक) , तथा गायिका संगीता थापा मगर को कुनै प्रस्तुतिमा कुनै एक दर्शकले खोट लगाएको पनि पाएन हिमालय खबरले। new-year1गायक खरेलको हंगामा गीत सँगै दर्शकको हंगामा समाल्नको लागि आयोजक लाई हम्मे हम्मे परेको थियो भने धुर्मुस र सुन्तली प्रस्तुतिले नेपाली राष्ट्रियता र देश प्रेम सँगसँगै मनोरञ्जन प्रदान गर्न सफल भएका थिए I गायक गायिका शर्मा र थापाले आफ्नो केही चर्चित लोकगीतहरु गाएर उपस्थित सबै दर्सकहरु नचाउने सफल भएको थिए I

news5

कार्यक्रमको अन्तमा सम्पूर्ण अतिथि कलाकारहरुलाई नेपाली गीत सङ्गीत लाई चिनाउन खेलेको अहम भूमिकाको प्रंशशा गर्दै सम्मान पत्र प्रदान गरियो। सम्मान पत्र समाजका अध्यक्ष भुवन आचार्यले प्रदान गर्नु भएको थियो।

टेक्सास ड्यालासको अर्विंग ग्रान्ड फिनाले हलमा गरिएको कार्यक्रम साँझ ७:०० बजे सुरु गर्ने तयारी आयोजकहरु बाट गरिए पनि हिजै मात्र टेक्सास कै ह्युस्टनमा कार्यक्रम सकी कलाकार ड्यालास आएर अर्को कार्यक्रम गर्ने तयारीका क्रममा ढिलाइ भई कार्यक्रम झन्डै ८:०० बजे मात्र सुरु भई राती १२:०० मा समापन भएको थियो आज आइतबार साझ टेक्सास राजधानी अस्टिनमा हुँदैछ I

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया