बिहीबार, मंसिर १८ २०७७
काठमाडौं १६:४४
वासिङटन डिसी 05:59

समझदारी, जिम्मेवारी र इमान्दारीका साथ काम गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

इनेप्लिज २०७१ चैत २९ गते १२:३० मा प्रकाशित

SUSHIL-KOIRALA_20100917095709_20131124114217काठमाडौँ, २९ चैत । प्रधानमन्त्री सुशील कोइरालाले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी तथा हृदयमा इमान्दारीको भावना राखी देश र देशवासीको सेवामा आफ्नो जीवन समर्पण गर्न सैनिक अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।

भक्तपुरको खरिपाटीस्थित नेपाल सैनिक प्रतिष्ठान आज आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले देश र देशवासीको सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो ।

नेपाली सेनाको व्यावसायिक कार्यकुशलता, इमानदारी र कर्तव्यपरायणजस्ता सद्गुणसहित अन्तर्र्रािष्ट्रय क्षेत्रमा शान्ति स्थापनामा पु¥याएको योगदानले सबै नेपालीलाई गौरवान्वित बनाएको बताउनुभयो ।

हरेक राष्ट्रको सेनाले संवैधानिक सरकारको मातहत र निर्देशनमा रहेर आफूलाई एक उत्कृष्ट, व्यावसायिक र मर्यादित सङ्गठनका रूपमा स्थापित र विकसित गर्दै विधिको शासनलाई पालना गराउनुपर्ने उहाँको भनाइ थियो ।

राष्ट्रिय विपत्ति र सङ्कटका घडीमा व्यावसायिक ढङ्गले इमानदारीपूर्वक परिचालित हुनु तथा आतङ्कवादबाट देश र जनतालाई जोगाउन सेनाले हरसम्भव प्रयास गर्नुपर्नेमा प्रधानन्त्री कोइरालाले जोड दिनुभयो ।

प्रधानमन्त्रीले राज्यद्वारा निर्दिष्ट सिद्धान्तको पालना गर्दै राष्ट्र र जनताको सुरक्षा सेवकका रुपमा प्रस्तुत भई आफूलाई सुम्पिएको जिम्मवारी पूरा गर्न सेनाका सकल दर्जाका राष्ट्र सेवकलाई सफलता प्राप्त होस् भन्ने कामना गर्नुभयो ।

उहाँले देश र जनताको सुरक्षाका लागि अपनाउनुपर्ने आवश्यक ज्ञान, सीप र अभ्यासले निपुण बनेर सफलतापूर्वक तालिम पूरा गरी सेनाको सहायक सेनानीमा नियुक्ति हुन लाग्नुभएका सबै नवआयुक्त अधिकृतहरुलाई बधार्ई दिँदै उनीहरुको सफलता र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।

सहायक सेनानीको दज्र्यानी चिह्न प्रदान

नेपाली सेनाको अधिकृत क्याडेट तालिममा सहभागी भई ८७ अधिकृत क्याडेट र ४३ पदिक÷हुद्दा अधिकृत गरी १३० जनाले आज तालिम सम्पन्न गरेका छन् ।

कवाजपश्चात् अधिकृत क्याडेट आयुक्त पद प्राप्त गरी सहायक सेनानीको दज्र्यानी चिह्नद्वारा सुशोभित भएका थिए ।

तालिममा सफलता प्राप्त गर्नेहरुलाई रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री कोइरालाको उपस्थितिमा नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा तालिमको आयुक्त पद प्रदान गरियो ।

त्यस अवसरमा तालिम लिइसकेका र तालिमरत गरी २२३ अधिकृतले कवाज प्रदर्शन गरेका थिए ।

तालिममा सर्वोत्कृष्ट हुने र शैक्षिक अध्यापनतर्फ उत्कृष्ट हुनेलाई पुरस्कृत पनि गरिएको थियो । तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने ‘सोर्ड अफ अनर’अन्तर्गत क्याडेट पवन थापालाई एकेडेमी अन्डर अफिसर अधिकृत र अर्जुन परियारलाई जुनियर अन्डर अफिसर हुद्दा अधिकृत र बेस्ट इन्टरनेसनल अधिकृत क्याडेट बङ्गलादेशका क्याडेट रेज्भी अहमदलाई प्रदान गरिएको थियो ।

उत्कृष्ट शैक्षिक उपाधितर्फ प्रतिष्ठानको शैक्षिक अध्यापनतर्फ जुनियर अन्डर अफिसर क्याडेट मधुसूदन बस्नेतलाई प्रदान गरियो । तालिमपश्चात् चार महिला क्याडेट र नाइजेरियाका दुई, बङ्गलादेश र केन्याका एक÷एक गरी चार विदेशी सेनाका क्याडेटले पनि दज्र्यानी चिह्न लिएका छन् ।

प्रतिक्रिया