सहमतिबाटै संविधान जारी हुनुपर्ने
काठमाडौँ, २९ चैत । विभिन्न राजनीतिक दलका नेताले सहमतिकै आधारमा संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँहरूले संविधानका विवादित विषयमा अधिकतम सहमति कायम गर्नुपर्ने त्यसो हुन नसके प्रक्रियामा जानुको विकल्प नभएको बताउनुभयो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले संविधानका विवादित विषयमध्ये सबैभन्दा पेचिलो बनेको सङ्घीयताका बारेमा दलहरू सहमति नजिक पुगकाले चाँडै सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
तीस दलीय मोर्चाले आन्दोलन फिर्ता लिएपछि सहमतिको सम्भावना बढेर गएको उहाँको कथन थियो ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बहुमतीय आधारमा निर्माण गरिएको संविधानले परिवर्तनका मुद्दालाई संस्थागत गर्न नसक्ने भन्दै सम्पूर्ण समुदायको अधिकार सुनिश्चित गरी सहमतिबाटै जारी गर्नुपर्नेमा जोड दिनुभयो ।
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
प्रतिक्रिया