शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०६:५१
वासिङटन डिसी 20:06

के कुरा भयो संसदीय समितिको बैठकमा ?

इनेप्लिज २०७१ चैत २९ गते ११:३५ मा प्रकाशित

ssbsकाठमाडौँ, २९ चैत । व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिको आजको बैठकमा देशका सम्पूर्ण जनतालाई स्वच्छ खानेपानी उवलब्ध गराउने सम्बन्धमा भएको विद्यमान अवस्था भावी कार्यक्रम र समस्या तथा चुनौतीबारेको छलफल भयो ।

समितिका सभापति रवीन्द्र आधिकारीको अध्यक्षतामा भएको उक्त बैठकमा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रामदीप शाह, नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकाललगायतले आफू मातहतका कार्यालयद्वारा सम्पादित कामको विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीको अध्यक्षता आजै भएको उक्त समितिको बैठकमा वन कटान गरी बनाउन लागिएका राष्ट्रिय गौरवका साना तथा ठूला आयोजना सम्बन्धमा छलफल भएको संसद् सचिवालयले जनाएको छ ।

हुलाकी मार्ग, रेल मार्ग, फास्ट ट्रयाक, अन्तराष्ट्रिय विमानस्थल र हाईटेन्सन लाइनलाई सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएअनुरुप तिनको अवस्थाबारे जानकारी लिन समितिले बैठक गरेको हो ।

बैठकमा वन तथा भूसंरक्षणमन्त्री महेश आचार्य र भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले सांसदहरूका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया