शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०२:३४
वासिङटन डिसी 15:49

संविधानको हरेक धारामा सरकार सहमति गर्न चाहन्छ: मन्त्री रिजाल

इनेप्लिज २०७१ चैत २९ गते ११:३१ मा प्रकाशित

minendra-riajal-300x200विराटनगर, २९ चैत । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले नयाँ संविधान निर्माणमा सहमतिको सकारात्मक सङ्केत देखिएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले संविधानका हरेक धारासँग सहमति हुने परिस्थिति निर्माण गर्न सरकार लागिपरेको बताउनुभयो ।

एमाओवादी पार्टीभित्र नयाँ संविधान निर्माणमा चासो देखिएको उल्लेख गर्दै मन्त्री रिजालले सरकार, राजनीतिक दल वा संविधानसभा जहाँबाट भए पनि सहमतिको वातावरण तयार पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – संविधान सम्बन्धी विवाद जुन ठाउँमा छ, अहिले पनि विवाद सोही ठाउँमा यथावत् छ तर, सहमतिको वातावरण बन्ने अवस्था देखिएको छ ।

संविधान निर्माणमा सहमति भएपछि राष्ट्रिय सरकार गठनको सम्भावनाबारे राखिएको जिज्ञासामा उहाँले एमाओवादीलगायतलाई सरकारमा सहभागी हुन पहिले पनि आग्रह गरिएको र अहिले पनि सरकारमा सहभागी भएर राष्ट्रिय सरकारको स्वरुप दिन सक्छन् भन्नुभयो ।

प्रतिक्रिया