तीन वर्षभित्र देशलाई कृषिमा आत्मनिर्भर बनाइने: कृषि मन्त्री
बेलौरी (कञ्चनपुर), २९ चैत । कृषि मन्त्री हरि पराजुलीले आउँदो जेठ १५ भित्र संविधानको पहिलो मस्यौदा ल्याइने बताउनुभएको छ ।
प्रेस चौतारी कञ्चनपुरले आज बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पराजुलीले सरकारले जेठ १५ भित्रै नयाँ संविधानको पहिलो मस्यौदा ल्याएर छिट्टै संविधान जारी गर्ने दोहोर्याउनु भयो ।
उहाँले एमाओवादीको एकल जातीय पहिचानको अडानका कारणले पनि दलहरुबीच राज्य पुनःसंरचनामा सहमति हुन नसकेकाले संविधान निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो ।
आम सहमतिमा संविधान बन्न नसक्ने भन्दै त्यसमा दलहरुबीच अधिकतम विषयमा सहमति हुनुपर्ने उहाँले जिकिर गर्नुभयो ।
उहाँले कृषि मन्त्रालयले आगामी तीन वर्षभित्रै नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनका लागि योजना अघि सारेको बताउनुभयो ।
कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकारले कृषि क्षेत्रमा अनुदानका लागिसमेत कार्य योजना अघि सारेको मन्त्री पराजुलीले बताउनुभयो ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया