शिक्षा अधिकारलाई संविधानमार्फत सुनिश्चित गर्नुपर्छःमन्त्री पाण्डे
त्रिशूली(नुवाकोट), २९ चैत । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले शिक्षालाई राज्य, समाज र घर परिवारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
फिकुरी बहुमुखी क्याम्पसको दोस्रो वार्षिकोत्सवको शनिबार उद्घाटन गर्दै नेकपा(एमाले) पोलिटब्युरो सदस्य पाण्डेले हरेक नागरिकले उसको क्षमता र आवश्यकताअनुसारको शिक्षा प्राप्त गर्न पाउनुपर्ने र यो अधिकारलाई राज्यले संविधानमार्फत सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख मुकुन्द्रप्रसाद रिजालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रु २९ लाखको आयव्यय विवरण प्रस्तुत गर्नुभयो । क्याम्पसका अध्यक्ष भोजराज भट्टले दुई वर्षअघि स्थापित क्याम्पसमा अहिले मानविकी र वाणिज्य सङ्कायअन्तर्गत पठनपाठन भइरहेको जानकारी दिनुभयो । ज्ञानज्योति उमावि भवनमा कक्षा सञ्चालन गरिरहेको क्याम्पसमा अहिले ४१ विद्यार्थी अध्ययरत छन् ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित
प्रतिक्रिया