मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ११:४२
वासिङटन डिसी 00:57

अब संविधान निर्माण रोकिँदैनः भण्डारी

इनेप्लिज २०७१ चैत २९ गते ४:२५ मा प्रकाशित

bidhya

भक्तपुर, २९ चैत । नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले अब कुनै पनि बहानामा संविधान निर्माण नरोकिने बताउनुभएको छ ।

एमाले भक्तपुरले शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उहाँले सहमतिकै नाममा अब संविधानसभालाई रोकेर राख्न नसकिने बताउनुभयो । संविधानसभालाई पनि असफल बनाएर तेस्रो संविधानसभा निर्वाचन गराउने षडयन्त्र सुरु भइसकेको विचार व्यक्त गर्दै नेत्रीा भण्डारीले यो षडयन्त्रलाई किमार्थ सफल हुन नदिइने दृढता व्यक्त गर्नुभयो ।

एमाले प्रवेश

सो अवसरमा राप्रपा भक्तपुर जिल्ला उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, जिल्ला कोषाध्यक्ष मनकराम थापा, जिल्ला सदस्य राजकुमार सिलवाल र कमलप्रसाद तिमिल्सिना, पूर्व क्षेत्रीय उपाध्यक्ष कृष्णचरण श्रेष्ठ, सुन्दरलाल श्रेष्ठ, वरिष्ठ वकिल लक्ष्मीप्रसाद धुकालगायतलाई टीका लगाएर एमाले पार्टी प्रवेश गराइएको थियो ।

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले जिल्लाको विकासमा अब एमालेले हातमा हात मिलाएर अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला, केन्द्रीय सदस्य सोम मिश्र, सभासद् केदार सञ्जेल, राजधानी समन्वय कमिटीका संयोजक एवम् पोलिटब्यूरो सदस्य सानुकुमार श्रेष्ठ, मध्यपुरथिमि नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठलगायतले जेठभित्रै संविधान जारी हुनुपर्नेमा जोड दिनुभएको थियो । रासस

प्रतिक्रिया