शुक्रबार, मंसिर १७ २०७८
काठमाडौं २१:३५
वासिङटन डिसी 10:50

महिला स्वयम् सेवक समुहको नया बर्ष भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७१ चैत २८ गते १७:२५ मा प्रकाशित

b 2

नेपाली महिला स्वयम् सेवक समुहको आयोजनामा भर्जिनियाको सेन्टर भिलमा भर्खरै स्थापित गरिएको नेपाली पाठशालालाई अझ सशक्त र मजबुत बनाउने हेतुले नया बर्ष साँझ भब्यताको साथ सम्पन्न गरिएको छ l

कार्यक्रममा नेपाली पाठशाला बारेमा चर्चा परिचर्चा गर्दै कोष वृद्धि गर्ने कार्यक्रममा डिसी महानगर क्षेत्रका बिभिन्न संघ तथा समाजका व्यक्तित्वहरुले नया बर्षको शुभकामना दिदै पाठशालाको उत्तर उत्तर प्रगतिको कामना दिएका थिए l

पाठशालाकि संयोजक बिना खड्का लामाले पाठशाला बारेमा बताईकी थिइन् भने स्वयम् सेवकका महिलाहरुलाई सम्मान पनि गरिएको थियो l उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावासका कार्यबाहक राजदुत ऋषि राम घिमिरेले मन्तब्य राख्दै महिला स्वयम् सेवक समुहले छोटो समयमा गरेको प्रगतिको प्रसंसा गर्दै धन्यवाद दिनु भयो l

नया बर्ष को कार्यक्रमको अवसरमा सांस्कृतिक साँझ पनि राखीएको थियो l

b 3

b 4

प्रतिक्रिया