ह्युस्टन नया बर्ष धमाका भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७१ चैत २८ गते १२:१९ मा प्रकाशित

buddhi 2

नया बर्ष धमाका टेक्सासको ह्युस्टनमा भब्य सफलताको साथ सम्पन्न भएको छ l

नेपालका प्रख्यात हास्य कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर तथा चर्चित गायक प्रमोद खरेलले टेक्सास ह्युस्टन थर्काएका छन् l

huston 1

प्रमोद खरेलको गीत, सिताराम कट्टेल (धुर्मुस ) तथा कुन्जना घिमिरे(सुन्तली)को प्रहसन ,पशुपति शर्मा ,सँगिता थापा मगरको एकल तथा दोहोरी गीतको प्रस्तुतिले दर्शकले भरपुर मनोरंजन लिए l

ह्युस्टन नेपाली संघको आयोजनामा मनोरंजन साँझ सफलता पुर्वक सम्पन्न भएको छ l

huston 2

वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा २०७२ नया बर्ष धमाका भाग १ का कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले ह्युस्टन नेपाली संघ ,भुटानी समुदाय तथा सम्पूर्णलाई कार्यक्रम अत्यन्तै सफल भएकोमा धन्यवाद दिएका छन् l

huston 3

रेग्मीले ईनेपलिज़ डटकमलाई जानकारी गराउदै आज अप्रिल ११ डालसमा तथा अप्रिल १२ मा अस्टिनमा कार्यक्रम गर्ने बताए
नेपाली समुदायलाई यो अवसर नगुमाउन आग्रह गर्दै कलाकारहरुलाई हौसला प्रदान गर्नको साथै हास्न ,नाच्न र गीत गजल सुन्न तयार बस्न रेग्मीले यसै समाचार मार्फत आब्हान गरेका छन् l

तस्बिर सौजन्य :बुद्धि प्रसाद रेग्मी

प्रतिक्रिया