शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०६:१८
वासिङटन डिसी 19:33

नयाँ क्रान्तिकारी मोर्चाको आवश्यकता: यादव

इनेप्लिज २०७१ चैत २७ गते १८:४७ मा प्रकाशित

Upendra-Yadav

विराटनगर, २७ चैत । मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेदरहित संविधान निर्माण गर्न मुलुकमा नयाँ क्रान्तिकारी मोर्चाको आवश्यकता रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मधेसी, आदिवासी जनजाति र सीमान्तकृतलगायतको आफ्नै मोर्चा बन्ने उहाँले जानकारी दिनुभयो ।

यादवले पहिचानसहितको सङ्घीयतालगायतका उद्देश्यका साथ ३० दलीय मोर्चाको निर्माण भएको तर सो मोर्चाको अवधारणा विपरित आन्दोलन फिर्ता लिने काम भएकाले सोही मोर्चाबाट नयाँ मोर्चाको जन्म हुने ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया