आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०६:४७
वासिङटन डिसी 20:02

नेता थापाको सफल शल्यक्रिया

इनेप्लिज २०७१ चैत २७ गते १८:४४ मा प्रकाशित

Surya-Bahadur-Thapa

काठमाडौँ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको आज भारतको मेदान्त अस्पतालमा ग्यास्ट्रेक्टोमीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

डा आदर्श चौधरीको नेतृत्वमा रहेको चिकित्सकको टोलीले छ घन्टा समय लगाएर शल्यक्रिया सम्पन्न गरेको नेता थापाका सुपुत्र वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई उद्धृत गर्दै उहाँको स्वकीय सचिव अरुण शर्माले जानकारी दिनुभएको छ ।

नेता थापाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र स्वास्थ्य लाभका लागि केही दिन सघर उपचार कक्षमा राखिने भएको छ ।

प्रतिक्रिया