सहमति हुनेमा अध्यक्ष नेम्वाङको विश्वास
काठमाडौँ, २७ चैत । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले यही चैत ३० गतेभित्र संविधानका विवादित विषयमा सहमति जुट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पछिल्ला दिनमा प्रमुख दलका नेताबीच अनौपचारिक छलफल चलिरहेको र सङ्घीयतालगायत विवादित विषयमा सहमतिको प्रयास भइरहेकाले सो दिन भित्र सहमति हुने उहाँले बताउनुभयो ।
आज रासससँग कुरा गर्दै अध्यक्ष नेम्वाङले भन्नुभयो, “सहमति जुटाउनका लागि भरमग्दुर प्रयास भइरहेको छ, सत्तारूढ र विपक्षी दल सहमतिका लागि अग्रसर देखिएका छन्, मलाई आशा छ, सहमति हुन्छ ।”
उहाँले आफू ती दलसँग निरन्तर परामर्शमा रहेको र दूवै पक्ष सहमतिका लागि तयार रहेको आफूले पाएको पनि बताउनुभयो ।
बिहीबार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भएको आफ्नो भेटवार्ताबारे स्पष्ट पार्दै अध्यक्ष नेम्वाङले आमहडताल फिर्ता लिइएको अवस्थामा दलहरूबीच वार्ता र विश्वासको वातावरण बनेको जनाउनुभयो ।
अनौपचारिक छलफललाई निरन्तरता दिन र विषयमा टुङ्गोमा पुग्ने स्थिति भएपछि औपचारिक र शीर्ष तहमा छलफल हुने देखिएको छ । अध्यक्ष नेम्वाङले ती दलका प्रमुख सचेतक र दोस्रो तहका नेतासँग पनि अनौपचारिक परामर्श गर्दै आउनुभएको छ ।
संविधानसभाको बैठक यही ३० गते दिनको ३ बजे बस्दैछ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया