मंगलबार, मंसिर ९ २०७७
काठमाडौं २१:३४
वासिङटन डिसी 10:49

बागमती सफाइ महाअभियान : इतिहासमै पहिलोपटक यसरी हुँदैछ सरसफाइ

इनेप्लिज २०७१ चैत २७ गते १८:२९ मा प्रकाशित

Bagmati-Saphai-Abhiyan

काठमाडौँ । बागमती सफाइ महाअभियानमा प्रधानमन्त्री सुशील कोइराला, मन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेता सहभागी हुनुहुनेछ । शनिबार बिहान ६ बजेदेखि सुरु हुने सो महाअभियानमा प्रमुख राजनीतिक दलले छुट्टाछुट्टै्र टोली परिचालन गरेका छन् ।

प्रमुख तीन राजनीतिक दलले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अभियानमा सहभागी हुन निर्देशन दिइसकेका छन् र शीर्ष नेताहरुले पनि सो अभियानमा सक्रिय सहभागी हुने जनाइसकेका छन् ।

मुलुकले नै महाअभियानको रुपमा चित्रण गरेर सफाइबारे सकारात्मक सन्देश दिन लागेकाले सबैले आ–आफ्ना कार्यकर्तालाई सहभागिताका लागि परिचालन गर्ने भएका हुन् ।

प्रतिक्रिया