पर्यटक बढाउन जापानमा र्याली गरिँदै
प्रकाश पन्थी
टोकियो (जापान), २७ चैत । नेपालमा पर्यटक आगमन दर बढाउन टोकियोमा आगामी आइतबार बृहत् र्याली गरिने भएको छ ।
र्यालीमार्फत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल सन्देश प्रवाह हुने र यसबाट जापानका पर्यटक नेपाल घुम्न जाने विश्वास लिइएको छ ।
नेपाल साच्चीकै घुम्न लायक मुलुक हो भन्ने सही सन्देश विश्वभर फैलाउने उद्देश्यले जापानमा क्रियाशील दुई संस्था नेपाल जापान युथ क्लब र वि फ अल नामक सस्ंथाको संयुक्त आयोजनामा टोकियोको दोस्रो ठूलो बजार शिबुया स्टेसनबाट र्याली गर्न लागिएको हो ।
नगरपालिका र स्थानीय प्रहरीको अनुमतिसहित र्यालीको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक संस्थाका अभिषेक सुवेदीले दिनुभयो ।
सुवेदीले भन्नुभयो, “पटक पटक धावा बोल्दै गौतमबुद्ध आफ्नो भूमिमा जन्मेको भन्ने भारतको गलत सन्देशलाई यस प्रकारका र्यालीले चिर्नेछ ।”
र्यालीमा नेपाली, जापानीसहित यहाँ बसोवास गर्ने व्यक्तिहरुको सहभागिता हुने आयोजकले जनाएको छ । गत वर्ष पनि यहाँ यस्तै र्याली आयोजना गरिएको थियो ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया