शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ००:०४
वासिङटन डिसी 13:19

“एक ब्यक्ती एक पद” भन्दै उत्तम ले दिए राजिनामा !

इनेप्लिज २०७१ चैत २६ गते १४:५९ मा प्रकाशित

11015359_10152891251007950_1005294615_n

यतिखेर टेक्सासका नेपालीहरु निकै तातिएका छन। चुनाबमा रमाउने नेपालीहरुलाई NRN NCC टेक्सास स्टेट च्याप्टरको चुनाबले झनै बढी छोएको छ। अहिले अध्यक्ष का प्रत्यासी उत्तम लामिछाने नेपाली समाज टेक्सासका सचिब समेत हुन। उनले “एक व्यक्ति एक पद” भन्दै सचिब पद बाट राजिनामा दिएको जानकारी गराएपछि उनि प्रति को जनलहर ह्वात्तै बढेको देखिएको बताउछन स्थानीय मतदाताहरु। उनले निकालेको बक्तब्य जस्ताको त्यस्तै :

आदरणीय टेक्सासवासी प्रबुध्द ब्यक्तित्वहरु आमाबुवा दाजुभाइ दिदीबहिनीहरु,
बितेका एक दशक भन्दा बढी समय बिभिन्न प्रकार र तहमा सामाजीक कार्यमा निस्वार्थ भाव ले उपस्थीत भइ यहाहरु सम्पूर्ण सग सहकार्य गर्दै आएको कुरा यहाहरुलाई बिधितै छ। अब आउने दिनहरुमा अझ बढी जिम्मेबारी लिएर नेपाली समाजलाई राजनीतिक बिबादबाट मुक्त गरी अझ एकताबद्ध बनाउने अठोटका साथ NRN को टेक्सास अध्यक्ष्यमा दाबेदारी गरेको गरेको छु र “हाम्रा होइन राम्रा मान्छे” लाई मौका दिनुहुनेछ भन्ने विश्वाश लिएकोछु ।

“एक ब्यक्ती एक पद” मा विश्वाश राख्ने र पद भन्दा समाज सेवामा रमाउने ब्यक्ती भएकोले, NRN को टेक्सास अध्यक्ष्यमा उम्मेद्बारी दिएर NRN मार्फत समाज सेवा गर्ने अठोट गरी गरिसकेको ले NST को सचिब पद ओगटी रहनु असोभनिय लागेकोले, NST को सचिब पदबाट राजिनामा गरेको जानकारी गराउदछु। आदरणीय मित्रहरु मैले यसो भनिरहदा सबैमा म के पनि विश्वाश दिलाउन चाहन्छु भने पदमा नरहे पनि NST ले दिएको जिम्मेवारि पुरागर्न कुनै कसर राख्ने छैन, त्यसै गरी आगामी दिनमा पनि त्यतिकै रुपमा सम्लग्नता जनाइ रहने प्रेतिबद्द्ता का साथ बिदा लीन्छु हवस त धन्यवाद।
उत्तम लामिछाने

 

प्रतिक्रिया