पन्ध्र किलोमिटरलाई दुई सय भाडा !

इनेप्लिज २०७१ चैत २६ गते १०:५८ मा प्रकाशित

भीमदत्तनगर, २६ चैत । बैतडीको पाटनदेखि सलेनासम्म चल्ने सवारी साधनले मनपरी भाडा असुल्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।

पाटनदेखि सलेनासम्म १५ किलोमिटरसम्मको दूरीमा प्रतियात्रु रु २०० भाडा सार्वजनिक सवारी साधनले लिने गरेको स्थानीय सुरेन्द्र भट्टले बताउनुभयो ।

जिप तथा बस व्यवसायीले यात्रुबाट दश गुणा बढी भाडा असुल्ने गरेको गुनासो छ । स्थानीयले दैनिक रुपमा आवतजावत गर्न १५÷२० किलोमिटरलाई रु १८० देखि रु २५० सम्म तिर्नुपरेको छ । पाटनदेखि सलेनासम्म १० किलोमिटर यात्रा गर्न पनि यातायात व्यवसायीले महँगो भाडा लिने गरेका छन् ।

सार्वजनिक यातायात व्यवसायीले पक्की सडकमा प्रतिकिलोमिटर साढे २ रुपैयाँ र कच्ची सडकमा प्रतिकिलोमिटर चार रुपैयाँमात्रै भाडा लिन पाउने भए पनि मनोमानी रकम असुल गरिरहेको स्थानीय समाजसेवी जयबहादुर चन्दले बताउनुभयो ।

केही वर्षअघिमात्रै खुलेको सडकमो जोखिम मोलेर यातायाताका साधन सञ्चालन गर्नु परेका कारण बढी भाडा लिनुपरेको व्यवसायील प्रतिक्रिया दिएका छन् ।

पाटनबाट दैनिक रुपमा सलेना दुई÷दुई वटा जिप र बस चल्ने गरेका छन् ।

प्रतिक्रिया