प्रमद्वारा सुर्खेत घटनामा समवेदना व्यक्त
काठमाडौँ, २६ चैत । प्रधानमन्त्री सुशील कोइरालाले सुर्खेतको घाटगाउँ कुलो पुनःनिर्माणका क्रममा दुर्घटनामा परी जीवन गुमाउने सबैमा श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
सो दुर्घटनामा परी गत साउन महिनामा आएको पहिरो र बाढीले घरबारविहीन भएर सुर्खेतको गल्फा शिविरमा आश्रय लिई बसेका प्रसादी विक, मनबहादुर नेपाली, कृष्ण विक, महेश विक र मानबहादुर शाहीको निधन भएको थियो । प्रधानमन्त्री कोइरालाले आज विज्ञप्तिमार्फत मृतकका परिवारलाई सरकारले यथाशक्य राहत दिलाउने विश्वास दिलाउँदै सम्बन्धित निकायलाई परिचालन गरी त्यस्ता दुर्घटना न्यून गर्नेतर्फ सरकारले आवश्यक कदम चाल्ने उल्लेख गर्नुभएको छ ।
मजदुरका निमित्त कार्यस्थलको सुरक्षित व्यवस्था गर्न नसक्दा नेपालमा बर्सेनि धेरै मजदुरले कामकै सिलसिलामा जीवन गुमाउनुपरेको छ । औद्योगिक, निर्माण, कृषि, पर्यटन, यातायात र उड्डयनलगायत सबै व्यावसायिक क्षेत्रमा व्यवसायजन्य सुरक्षाको वातावरण निर्माण गर्न सरकार प्रयत्नरत रहेको विज्ञप्तिमा जनाइएको छ ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया