कञ्चनपुर, २६ चैत । विवाहिता महिलामाथि बलात्कार गर्ने कञ्चनपुरको देखतभूली– ७ का ३२ वर्षीय रामअवतार रानालाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा कोही नभएको मौका छोप्दै रानाले रातिका बेला छिमेकी विवाहिता १८ वर्षीया महिलालाई तीन दिनअघि बलात्कार गरेका थिए । स्थानीयको उजुरीका आधारमा रानालाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बलात्कृत महिलाका श्रीमान् रोजगारीका लागि विदेशमा रहेका छन् । महिलाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
प्रतिक्रिया