नेपाली चलचित्र ‘कोहिनुर’ को अमेरिकामा प्रदर्शनी सुरु÷नायक श्रेष्ठलाई ‘अमर तारा’ उपाधि

इनेप्लिज २०७१ चैत २५ गते १८:२६ मा प्रकाशित

1896825_10202795057917887_3127804962056088186_nकाठमाडौँ, २५ चैत । चर्चित नेपाली चलचित्र ‘कोहिनुर’ को संयुक्त राज्य अमेरिकामा प्रदर्शनी सुरु भएको छ ।
‘अमेरिकन नेपाल टेलिभिजन’ ले संयोजन गरी अमेरिकाको एटलान्टाबाट यही चैत २० गतेदेखि कोलोराडो, एटलान्टा, क्योरोलिनामा प्रदर्शन थालिएको हो ।

नेपाल केवल टेलिभिजन महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अमेरिकन नेपाल टेलिभिजन’ का अध्यक्ष हेमन्त श्रेष्ठले अमेरिकामा बस्ने नेपालीले सो चलचित्र प्रदर्शनको माग गरेपछि आफूहरुले त्यसको व्यवस्थापन गरेको र निकट भविष्यमै बोष्टन, न्युयोर्क, पेन्सनभेनियालगायतका ठाउँहरुमा पनि प्रदर्शनी गरिने बताउनुभयो ।

सोही टेलिभिजनका उपाध्यक्ष नवराज श्रेष्ठले उक्त चलचित्रका जीवन्त नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिसहित सो टेलिभिजनले आउँदो वैशाख १३ गते अमेरिकामा सम्मान गर्न लागेको जानकारी दिनुभयो ।

सो उपाधि श्रीकृष्णको श्रीमति तथा चलचित्रका नायिका स्वेता खड्काले ग्रहण गर्ने बताइएको छ । नायिका खडकासहित नृत्य निर्देशक बसन्त श्रेष्ठसमेत हाल अमेरिकामै हुनुहुन्छ ।
सन २०११ मा अमेरिकाको भर्जिनियामा स्थापना भएको सो टेलिभिजनले नेपाली भाषमा समाचार, चलचित्र, मनोरञ्जन, ज्ञानविज्ञान, खेलकुद, साहित्य, कला, संस्कृतिलगायतका कार्यक्रमहरु निर्माण गरी क्यानडा, अष्टे«लिया, युरोप, बेलायतलगायतका देशहरुमा नियमित प्रसारण गर्दै आएको छ ।
नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष राधेश्याम लेकालीले सो टेलिभिजनले आफ्नो संस्थासँग सहकार्य गरी नेपालमा पनि छिटै प्रसारण गर्ने गृहकार्य भइरहेको जानकारी दिँदै त्यसले अमेरिकमा वसोवास गर्ने नेपालीका आफन्तलाई फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 11061681_10202795059437925_6129584082403191092_n

प्रतिक्रिया