किसान च्याउखेतीतर्फ आकर्षित
इनेप्लिज
२०७१ चैत २५ गते १२:२० मा प्रकाशित
भीमदत्तनगर, २५ चैत । बैतडीका किसान पछिल्लो समय च्याउखेतीतर्फ आकर्षित भएका छन् ।
जिल्ला कृषि विकास कार्यालयबाट युवा लक्ष्यित कार्यक्रम पाएपछि किसान च्याउखेतीतर्फ आकर्षित भएका हुन् । व्यवसायिक च्याउखेती गर्न थालेपछि किसानको जीवनस्तरमा परिवर्तन आएको छ । कृषि कार्यालयमार्फत तालिम र ४० हजार रुपैयाँ सहयोग पाएपछि त्यहाँका ४० भन्दा बढी किसानले व्यावसायिक रुपमै च्याउखेती गरिरहेका छन् ।
“थोरै लगानीमा यथेष्ट आम्दानी भइरहेको छ” महारुद्र गाविस–७ का धना भट्टले भन्नुुभयो । उहाँले प्रतिकिलो रु ३०० देखि रु ३५० सम्ममा च्याउ बिक्री भइरहेको उहाँले बताउनुभयो ।
बजारमा मागअनुसार च्याउको आपूर्ति हुन नसकेको किसानको भनाइ छ । उन्नत तरिका अपनाएर खेती गरिएमा च्याउ उत्पादन यथेष्ट हुने कृषि विकास कार्यालयले जनाएको छ ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया