इस्लामिक स्टेटसँग सम्बन्ध भएको आशङ्कामा दश पक्राउ
इनेप्लिज
२०७१ चैत २५ गते ११:०९ मा प्रकाशित
म्याड्रिड, २५ चैत । स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रमा त्यहाँका प्रहरीले इस्लामिक स्टेट जिहादी आतङ्ककारी समूहको विभिन्न आतङ्ककारी क्रियाकलापमा आबद्ध रहेको आशङ्कमा १० व्यक्तिलाई पक्राउ गरेको छ ।
क्याटलोनिया क्षेत्रीय प्रहरीद्वारा जारी विज्ञप्तिमा क्याटलोनियाको प्रान्तीय राजधानी बार्सेलोनासहित उत्तरपूर्वी पाँच वटा सहरहरुमा ती १० व्यक्ति पक्राउ परेका छन् ।
जिहादीहरुको क्रियाकलापविरुद्ध प्रहरीद्वारा जारी कारबाहीका क्रममा सदिग्ध ती व्यक्तिहरु पक्राउ परेका बताइएको छ ।
हालको वर्षहरुमा स्पेनले दर्जनाँै जिहादी आतङ्ककारीहरुलाई पक्राउ गरेको छ ।
गत हप्ता पनि क्याटलोनियाका प्रहरीले एक परिवारका चार व्यक्तिलाई पक्राउ गरेका थिए ।
तीमध्ये जिहादी लडाकू समूहमा सामेल हुनका लागि १६ वर्षका जुम्ल्याहा केटाहरु सिरियातर्फ जान लागेका बताइएको छ । रासस÷एपी
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया