वनको आम्दानीबाट चारवटा विद्यालय सञ्चालन

इनेप्लिज २०७१ चैत २५ गते २:०८ मा प्रकाशित

बेनी (म्याग्दी), २५ चैत । विद्यालयको कुनै आयस्रोत र सरकारी शिक्षक कोटा नभएका कारण बन्द हुने अवस्थामा पुगेका म्याग्दीका चारवटा विद्यालय सामुदायिक वनको आम्दानीबाट सञ्चालन भइरहेका छन् ।

जिल्लाको रघुगङ्गा प्रावि चौरखानी, दीपक निमावि पात्लेखेत, राधाकृष्ण निमावि गौश्वारा र खड्ग भवानी प्रावि फापरखेतलाई त्यहाँका सामुदायिक वनको आम्दानीबाट शिक्षकलाई तलब खुवाएर सञ्चालन भइरहेका हुन् ।

आर्थिक अभावका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेपछि स्थानीय रघुगङ्गा सामुदायिक वन, आनन्दआश्रम सामुदायिक वन, गौश्वारा सामुदायिक वन र फापरखेत सामुदायिक वन उपभोक्ता समूहले आफ्नो आम्दानीबाट दुई÷दुई जना शिक्षकलाई तलब खुवाइ विद्यालय सञ्चालन गरिरहेको सम्बन्धित सामुदायिक वनका अध्यक्षहरुले बताएका छन् ।

प्रतिक्रिया