कराते खेलाडी सम्मानित
इनेप्लिज
२०७१ चैत २५ गते १:०९ मा प्रकाशित
काठमाडौँ, २५ चैत । दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ११औँँ संस्करणको खेलमा रजत पदक हासिल गरेकी कराते खेलाडी अनु अधिकारी नगदसहित सम्मानित भएकी छन् ।
स्वयम्भूस्थित हाइड एन्ड सिक किन्डरगार्टेन, सानो भर्याङले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा अधिकारीलाई रु पाँच हजारसहित प्रशंसापत्रबाट सम्मान गरेको हो ।
त्यस्तै गत शुक्रबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले पनि अधिकारीलाई उत्कृष्ट वर्ष खेलाडी– २०७० अन्तर्गत करातेतर्फ पदक प्रदान गरेको थियो ।
सन् २०१० मा बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा नेपालले उसु, फुटबल, ब्याडमिन्टन, जुडो, कराते, तेक्वान्दोलगायत २३ खेलमा ८० महिला खेलाडी र पुरुषतर्फ १९६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले विभिन्न १३ खेलमा पदक जितेको थियो ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया