कालको मुखबाट छुटकारा पाएर यमन बाट नेपाल आई पुग्यौ : प्रचण्ड दम्पत्ति

इनेप्लिज २०७१ चैत २५ गते ०:३० मा प्रकाशित

p 1 (2)

काठमाडौँ निवासी प्रचण्ड मान श्रेष्ठ तथा राधिका श्रेष्ठ गत आईतबार दिवा समयमा कालको मुखबाट छुटकारा पाएर यमन बाट नेपाल आई पुगेका छन् l

भिषण हवाई गोला बारुद ,दन्दनी बलेको शहर ,जताततै आगोको ज्वालालाई छिचोल्दै जीवन हत्केलामा राख्दै हिम्मतको साथ दम्पत्ति अनेकौ तनाब ,दुख झेल्दै आफ्ना परिवार र पशुपति नाथ लाई सम्झदै आखिर मात्री भुमिको माटो टेकेका छन् l

मैले महाकबि लक्ष्मी प्रसाद देवकोटाको मुना मदन को हातका मैला, सुनका थैला, के गर्नु धनले ? साग र सिस्नु खाएको बेश आनन्दी मनले ! सम्झे प्रचण्ड मान श्रेष्ठ भन्छन l

प्रचण्ड मान श्रेष्ठ तथा राधिका श्रेष्ठ को हुन् ?

यी दुवै पति पत्नी हुन् l यमनमा संचालित प्रोग्रेसिओ संस्थाका कर्मचारी हुन् l प्रचण्ड मान श्रेष्ठ एचआईभी र एड्स रोगका प्रशिक्षक हुन् हुन् भने राधिका श्रेष्ठ संस्था कि महिला विकास तथा महिला सशक्तिकरण कि महिला सामाजिक कार्यकर्ता हुन् l २००७ को सेप्टेम्बर देखि नै यमनको अल होदेईदाहमा ७५ बर्ष पुरानो बेलायती अन्तर राष्ट्रिय गैर मुनाफा सामाजिक संस्था प्रोग्रेसिओमा काम गरि रहेका छन् l

प्रचण्ड दम्पतिको कसरि उद्धार भयो ?

हवाई आक्रमण भयानक भएकोले जीवन जोखिममा पर्न सक्ने भएकाले तत्काल उद्धारको लागि आफुले धेरै पहल गरेको बताउदै उनलाई अप्रिल २ तारिख यमनको समय अनुसार पानी जहाजमा उद्धारको लागि लगियो l भारतीय पानी जहाजले आफ्ना नागरिकलाई लाने क्रममा नेपाल सरकार तथा रियाद दुतावासको पहलमा नेपालीलाई पनि उद्धार गर्ने भनिएको भएता पनि जहाजमा खाली भएता नेपाली दम्पतिलाई माथिको आदेश छैन भनि जहाजमा चड्न नदिएको कारण २ घण्टा सम्म निकै तनाब रहेको बताए l

श्रेष्ठले अगाडी भने लामो समय सम्म छलफल कुराकानी पश्च्यात उनि काम गर्ने बेलायती आईएनजीओको कारण हिड्ने समय भन्दा केवल १० मिनेट अगाडी मात्र दम्पतिलाई यमन बाट डीजीबौटी (अफ्रीका)को लागि हिडेको पानी जहाजमा चड्न दिएको बताए l

p 2 (2)

तर डिजीबौटीमा २ जना नेपालीलाई सोधपुछको लागि भारतीय प्रहरीले चडन नदिई रोकेर राखेको बताए l उनले भने उनीहरु संग टिकट नभएको कारण रोकेको र पछि उनीहरु काम गर्ने लुलु नामक कम्पनीका मालिकले रकम मिलाई दिए पछि उनीहरु पनि टर्की हुदै काठमाडौँ पुगेको खबर प्राप्त भएको जानकारी गराए l

उनको काम गर्ने संस्थाले बेलायतबाट नै बेलायत सरकार संग कुरा गरेर बेलायतको आदेश आए पछि उनलाई यमन बाट अगाडी बढ्न दिएको बताए l जहाज बाट करिब १६ घन्टाको यात्रा तय गर्दै उनि अफ्रिकी देश डीजीबौटी पुगेका थिए l

उनको संस्थाले मेरो खर्च बेहोर्छ भन्दै डीजीबौटी बाट टर्कीको इस्तान्बुल हुदै काठमाडौँ आईतबार बिहान सम्म पुग्छु होला भनेता पनि टर्कीमा ५ घण्टा ढिलाई हुन् गएको कारण दिउसो काठमाडौँको पुगे जानकारी दिए l

श्रेष्ठले नेपालले भारतसँग सहयोगको लागि आग्रह गरेकोले नेपालीको उद्धार भारतले गरेको हो भन्दै साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेको भूमिका सराहनीय रहेको बताए l

भिषण गृहयुद्धको चपेटा फसेको यमनमा अलपत्र परेका नेपालीहरुको उद्धार जारी रहेको छ l ईनेपलिज़ डटकम संगको कुराकानीमा साउदी अरबका लागि नेपालका राजदुत उदय राज पाण्डेले रियाद बाट यमनमा जम्मा १८ जना नेपालीहरु भएको बताए l

१८ जनामा ९ जनाको उद्धार गरि सकेको बताउदै गत अप्रिल ३ तारिख एक जनाको उद्धार गरिएको बताए l अन्य ८ जनाको भारतीय सरकार संग सहयोग लिदै उद्धार गरिने जानकारी गराएका थिए l अलपत्र परेका नेपालीहरु यमनको शाना भने ठुलो शहरमा रहेकोले उनीहरुलाई त्यहि बाट नै उद्धार गरिने जानकारी दिए l

सरकारले आफना नागरिकलाई अबिलम्ब उद्धार गर्ने प्रयास गर्ने क्रममा प्रयास गर्दा गर्दै हप्ता दिन पछि उद्धार गर्न सफल भयो भने ९ दिनमा प्रचण्ड मान श्रेष्ठ तथा राधिका श्रेष्ठलाई उद्धार गरियो l

अनवरत रुपमा यमन बाट नै सम्पर्कमा रही रहेका प्रचण्ड मान श्रेष्ठ भन्छन यमनमा जताततै आगोको मुस्लो छ l साढेको लडाई बाच्छाको मिचाई हुने हो कि भनि भयभित भएको अवस्थामा मात्री भुमिको सम्झना धेरै आउदो रहेछ भने l

यमनमा रहेका सबै नेपालीहरुको चाडो भन्दा चाडो उद्धार हुनु पर्छ भनि ईनेपलिज़ डटकम लाई पहिलो पटक ध्यानाकर्षण गराउने अमेरिकाको टेक्सासमा बसोबास गर्ने रिचा शर्मा तथा काठमाडौँ कि महिला समाज सेवी तथा महिला अधिकारकर्मी अम्बिका श्रेष्ठले हरेक गतिबिधिको जानकारी दिएका छन् l दुबै महिलाहरु यमनमा अलपत्र परेका सबै नेपालीहरुको उद्धार हुनु पर्छ भनि आवाज उठाई रहेका छन् l

p 5

प्रतिक्रिया