भारतका लागि नवनियुक्त राजदूत उपाध्यायलाई कार्यकालको शुभकामना
इनेप्लिज
२०७१ चैत २४ गते १६:५३ मा प्रकाशित
काठमाडौँ, २४ चैत । भारतका लागि नवनियुक्त राजदूत दीपकुमार उपाध्यायले नेपाल–भारतबीचको परम्परादेखि नै मैत्री सम्बन्ध रहँदै आएको र आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्दै जाने बताउनुभएको छ ।
उहाँको सफल कार्यकालको लागि नेपाल वाणी नेटवर्कको आयोजनामा आज यहाँ भएको कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले दुई देशबीचको सम्बन्धलाई आपसी हित र भलाइमा विकसित गर्दै लैजान आफूले पहल गर्ने बताउनुभयो ।
सो अवसरमा उहाँलाई विभिन्न व्यक्तित्वहरुले शुभकामना तथा बधाई दिनुभएको थियो ।
नेटवर्कका अध्यक्ष खुमा अर्यालले फूल दिएर सफल कार्यकालको शुभकामना दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, मन्त्रीहरु, नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु, सभासद् तथा विभिन्न संस्थामा प्रतिष्ठित व्यक्तिहरुको सहभागिता रहेको थियो । रासस
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया