गल्यो एमाओवादी मोर्चा, आलोचना भएपछि आमहड्ताल फिर्ता
इनेप्लिज
२०७१ चैत २४ गते १६:४० मा प्रकाशित

काठमाडौँ। एकीकृत नेकपा(माओवादी) नेतृत्वको ३० दलीय मोर्चाले पूर्वघोषित नेपाल बन्दलगायत आमहड्तालका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएको छ ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज साँझ अबेरसम्म बसेको मोर्चाको बैठकले बुधबार र बिहीबारको बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले मोर्चाले आजसहित तीन दिनको नेपाल बन्दलगायत आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया