आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०४:३७
वासिङटन डिसी 17:52

अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा

इनेप्लिज २०७१ चैत २४ गते ११:१६ मा प्रकाशित

boko-HARAM-DIALOGUEकाठमाडौं,चैत २४ । आगामी शनिबार राजधानीमा हुने अष्ट्रेलिया र नेपालबीच हुने ६३ ओभरको खेल खेल्नका लागि दुबै टिमको घोषणा भएको छ। बलले लागेर मृत्यु भएका अष्ट्रेलियाली ब्याट्सम्यान फिलिप हृयुजप्रति श्रद्धान्जली दिनका लागि खेलिन लागेको खेलमा नेपालको तर्फबाट टीम निलोको नेतृत्व विनोद दास र अष्ट्रेलियाका लागि टिम निलोको नेतृत्व रायन कार्टरले गर्नेछन्।

टीम निलोमा कप्प्तान दास, पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदिप ऐरी, करण केसी, नरेश बुढायर, अभिनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल विक र रामनरेश गिरी छन्।

यस्तै टिम रातोका लागि कप्तान कार्टरसहित टीम एन्डरसन र म्याथु इलियन,(अष्ट्रेलियाका अन्य खेलाडीहरु नआउने भएपछि नेपाली खेलाडीहरुलाई नै दुई समूहमा विभाजन गरेर खेलाइने भएको छ।)

अन्य सदस्यमा शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाही छन्। नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान दासले १७ वर्षे खेल जीवनको लागि यो नै अन्तिम अन्तराष्ट्रिय खेल हो।

प्रतिक्रिया