नाइँ नभन्नु ल ३ को प्रिमियर
इनेप्लिज
२०७१ चैत २४ गते ११:११ मा प्रकाशित
नाइँ नभन्नु लको सिक्वेलमा आएको चलचित्र नाइँ नभन्नु ल ३ को सोमबार काठमाडौंको बिग सिनेमा प्रिमियर गरिएको छ ।
आउदो शुक्रबार अर्थात चैत २७ गते देखि अल नेपाल रिलिज हुन लागेको यो चलचित्र नाइँ नभन्नु ल, नाइँ नभन्नु ल २ को अपार सफलतापछि विकास आचार्य कृत हो । उनकै लेखन र निर्माणमा मुस्कान ढकालले निर्देशन गरेको चलचित्रमा सुरजसिंह ठकुरी आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइँटेल, संयम पुरी, आश्मा आश्मा डिसी, अनुभव रेग्मी, उत्तम केसीलगायतकाको मुख्य अभिनय रहेको छ ।
वान टाइम सिनेमा प्रा.लिको व्यानरमा बनेको यो चलचित्रमा वसन्त सापकोटाको संगीत रहेको छ जसले नाइँ नभन्नु ल–२ मा पनि संगीत दिएका थिए । निर्माण नियन्त्रक उत्तम केसी र सिविन दाहाल रहेको उक्त चलचित्रको प्रिमियर शोमा फिल्म तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
स्रोत:डिसी नेपाल
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया