बोको हरामको आक्रमणमा २० जनाको मृत्यू
इनेप्लिज
२०७१ चैत २४ गते ११:०४ मा प्रकाशित
काठमाडौ, २४ चैत । आतंकबादी समूह बोको हरामको आक्रमणमा परि नाईजेरियामा २० जनाको मृत्यू भएको छ ।
नाइजेरियाको बोर्नो राज्य नजिकको क्यामरुनको सीमामा श्रृंखलाबद्ध आक्रमण गर्दा उनीहरुको ज्यान गएको हो । आक्रमण लगत्तै ठाउँ ठाउँमा आगजनी समेत गरेका छन् ।
आगजनीका कारण थुप्रै घरहरु जलेका छन् । हातहतियार सहित प्रवेश गरेका बोको हरामका कार्यकर्ताले जथाभावी आक्रमण गर्दा सर्वसाधारण भागदौड मच्चिएको थियो ।
नाइजेरिया, क्यामरुन, चाड र नाइजरमा बाको हराम बिरुद्ध कारबाही जारी रहेकै बेला यो आक्रमण भएको बुझिएको छ । आक्रमणकै क्रममा कतिपयलाई उनीहरुले नियन्त्रणमा लिएका छन् ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया