आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०७:२६
वासिङटन डिसी 20:41

विपक्षीको बन्दले जनजीवन कष्टकर, ठाँउ–ठाँउमा झडप

इनेप्लिज २०७१ चैत २४ गते १०:४४ मा प्रकाशित

Banda-victimसंविधान लेखनमा सहमतिका लागि दबाब दिने भन्दै मोर्चाले आज घोषणा गरेको नेपाल बन्दका क्रममा राजधानीमा बिहानैदेखि बन्दकर्ताले नारा जुलुसका साथ यातायात, पसल, उद्योग कलकारखाना, शैक्षिक संस्था जबर्जस्ती बन्द गराउँदा कतिपय स्थानमा प्रहरीसँग झडपसमेत भएको छ ।

बन्दकर्ताले आज बिहान सबेरै कोटेश्वर क्षेत्रमा त्रिभुवन विमानस्थलमा आफन्तलाई  पुर्‍याएर फर्किरहेका नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा पेट्रोल छर्किएर आगजनी गरेका थिए भने बुद्धनगरमा तरकारी बोकेको गाडीमा तोडफोड गरेका थिए ।

दिउसोसम्म राजधानीमा जबर्जस्ती बन्द गराउँदै हिँडेका मोर्चाका १८ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक नारायणसिंह खड्काले जानकारी दिनुभयो । 

प्रतिक्रिया