कोटेश्वर–बालकुमारीमा ट्याक्सी जलाइयो
इनेप्लिज
२०७१ चैत २४ गते १:३२ मा प्रकाशित
काठमाडौँ, २४ चैत । एनेकपा (मााओवादी)को नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले कोटेश्वर–बालकुमारीमा आज बिहान एउटा ट्याक्सी जलाइदिएको छ ।
सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै मोर्चाले आज नेपाल बन्दको घोषणा गरेको छ । त्रिभुवन विमानस्थलमा आफन्तलाई पुर्याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान ५ः१५ बजे पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनीबाट ट्याक्सी पूर्णरुपले क्षति भएपछि चालक बानियाँले अब आफूले परिवार कसरी पाल्ने भनेर हारगुहार गर्दै रोइरहेका छन् ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया