शनिबार, मंसिर २० २०७७
काठमाडौं १५:२६
वासिङटन डिसी 04:41

सगरमाथा भारतीय सेनाको कब्जामा

इनेप्लिज २०७१ चैत २३ गते २१:०९ मा प्रकाशित

everest

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थालेको ‘स्वच्छ भारत अभियान’को बहानामा नेपाली भूमिमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतीय सेना प्रवेश गरेको हो । भारतीय सेनाको ३४ सदस्यीय पर्वतारोही दल सगरमाथा पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो दलले सगरमाथामा आधारक्षेत्रमा रहेका फोहोर, पर्यटकले छाडेका फोहोर वस्तु उठाउने जनाइएको छ । सगरमाथाको आधार क्षेत्रमा भारतीय फतह स्वर्ण जयन्तीका अवसरमा सैन्य दलले सरसफाई अभियानको सुरुवात गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् । 

 

प्रतिक्रिया