शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं १९:५१
वासिङटन डिसी 09:06

सगरमाथा भारतीय सेनाको कब्जामा

इनेप्लिज २०७१ चैत २३ गते २१:०६ मा प्रकाशित

everest

काठमाडौँ, २३ चैत । नेपालको अस्मितामाथि खिल्ली उडाउँदै भारतीय सेनाको टोली विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा आइपुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले थालेको ‘स्वच्छ भारत अभियान’को बहानामा नेपाली भूमिमा रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथामा भारतीय सेना प्रवेश गरेको हो ।

भारतीय सेनाको ३४ सदस्यीय पर्वतारोही दल सगरमाथा पुगिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो दलले सगरमाथामा आधारक्षेत्रमा रहेका फोहोर, पर्यटकले छाडेका फोहोर वस्तु उठाउने जनाइएको छ । सगरमाथाको आधार क्षेत्रमा भारतीय फतह स्वर्ण जयन्तीका अवसरमा सैन्य दलले सरसफाई अभियानको सुरुवात गर्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारतीय सेनाको पर्वतारोहीको टोली शनिवार काठमाडौं आइपुगेको थियो । काठमाडौंमा एक दिन बसेर आइतबार जहाजबाट सैन्य टोली सगरमाथाको आधारक्षेत्रमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेना काठमाडौं भएर सगरमाथा पुगिसक्दा समेत नेपाली सञ्चारमाध्यमलाई कुनै जानकारी दिइएको छैन् । न त सरकारी निकायलाई पनि औपचारिक रुपमा यसको जानकारी गराइएको छ । यो सैन्य टिममा ६ जना उच्च सुरक्षाअधिकारी र २४ जना मध्यस्तरमा अधिकारी सहभागी छन् ।

भारतको सैन्य प्रशिक्षण निर्देशनालयका अनुसार ५० वर्ष पहिले क्याप्टन (लेफ्टिनेंट कमाण्डर) एमएस कोहलीको नेतृत्वको भारतीय दलले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको थियो । सैन्य दलका मेजर एएस चीमा सगरमाथा आरोहण गर्ने पहिलो भारतीय बनेका थिए । त्यसै अवसरमा यो स्वर्ण जयन्ती सरसफाई गरेर मनाउन लागिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यस्तो छ भारतीय सेनाको दाबी

सगरमाथा प्रवेशको बेला अधिकांश पर्वतारोही आधारक्षेत्र, शिविरहरुमा आफ्ना शुट, पाल, अक्सिजन सिलिण्डर छाड्छन् । प्राकृतिक विपदमा कतिपय बेला पर्यटकको शव हिउँमै हराउने गर्छ । त्यसलाई तल ल्याउन कसैले पहल गर्दैनन् । त्यस्ता शवलाई पनि तल ल्याइने भारतीय सेनाको दाबी छ । पर्वतारोहीले छाडेका सामाग्री पनि हटाउने भारतीय सेनाले जनाएको छ ।

स्वच्छ सगरमाथा मिसनका नाममा ३० दिनसम्म भारतीय सेनाले सगरमाथामै कब्जा जमाउनेछन् । टिम, पर्वतारोहीले सगरमाथाको पूर्वतिर छाडेका फोहोर वस्तुको सफाइ गर्नेछन् । आधार इलाकादेखि १७ हजार ७ सय ७० फुटको उचाईलाई आधार शिविर बनाएर सेनाले सफाई अभियान सुरु गर्ने बताइएको छ ।

मोदीको सपना ?

सफाई अभियानका नेतृत्वकर्ता मेजर रणवीर सिंहले विश्वकै उच्च हिमाल सगरमाथामा भारतले सफाइ गर्ने सपना प्रधानमन्त्री मोदीको रहेको भारतीय संचारमाध्यमलाई जनाएका छन् । उनले जस्तोसुकै परिस्थितिमा पनि आफ्ना प्रधानमन्त्रीको सपना पूरा गर्ने बताए ।

उनले भनेका छन्–‘सगरमाथा विश्वकै चुचुरो हो, तर, त्यसलाई फोहोरको घर भन्दा दुःख लाग्छ ।

sagarmatha-india

नेपाली अस्मितामाथि प्रश्न 

तर, भारतीय सेना नेपालको गौरब सगरमाथामा यसरी आइपुग्नुले प्रशस्तै प्रश्नहरु उब्जाएको छ । स्वतन्त्र र सार्वभौम नेपाल देशको अस्तित्व खै ? भारत सरकारको ‘स्वच्छ भारत अभियान’ नेपालको सगरमाथासम्म कसरी आइपुग्यो ? नेपाल र भारत भिन्दाभिन्दै देश हुन अथवा एउटै ?

१ अप्रिल, २०१५ मा प्रसारित आजतक समाचारमा भनिएको छ “पीएम मोदी के सपनेको साकार करेगी सेना ” भारतीय सेनाका ३० जनाको सफाइ टीमलाई सगरमाथा सफाइको जिम्मेवारी दिएर भारतीय सेना प्रमुखले बिदाइ गरेका छन । आजतक सम्वाददाता गौरव सावंतले भनेका छन “जिस माउण्ट एभरेष्ट से इत्ना लिया हे अब उसे कुच दिनेका बारी है ।”

अझ अचम्म समाचारमा के जनाइएको छ भने सन् २०१४ मा भारत सरकारले ३ सय ३० जनालाई सगरमाथा आरोहणका लागी पर्मिट जारी गरिसकेको रहेछ । सगरमाथा आरोहणका लागि अनुमति दिने अधिकार भारतलाई कस्ले दियो ?

के नेपालले आफ्नो सगरमाथाको आफै सरसफाइ गर्न सक्दैन ? के नेपाल भन्ने देश मरिसकेको हो ? कसैले किन प्रतिवाद गरेनन् गर्दैनन् ?

स्रोत:दैनीक नेपाल

प्रतिक्रिया