गहुँ उत्पादन बढ्ने
भीमदत्तनगर, २३ चैत । यस वर्ष दार्चुलामा गहुँको उत्पादन १० प्रतिशतले वृद्धि हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गहुँ छर्ने बेलादेखि समयसमयमा वर्षा भएकाले यस वर्ष गहुँको उत्पादन बढ्ने कार्यालयका कृषि प्रसार अधिकृत इन्द्रसिंह ठगुन्नाले बताउनुभयो ।
विगतका वर्षमा वर्षा नहुने तथा गहुँमा सिन्दुरे रोग लाग्ने गरेकामा यस वर्ष गहँुबालीमा कुनै किसिमको रोग नलागेको उहाँले जानकारी दिनुभयो ।
गत वर्ष जिल्लामा १३ हजार ६९७ मेट्रिकटन गहुँ उत्पादन भएकाको थियो । यस वर्ष १० प्रतिशत वृद्धिले जिल्लाको खाद्य सङ्कट केही मात्रामा भए पनि कम हुने अधिकृत ठगुन्नाको दाबी छ ।
जिल्लाभरि सात हजार ९६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा उन्नत जातको चार हजार ५०० हेक्टरमा तथा स्थानीय जातको गहुँ तीन हजार ४६५ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि कार्यालयले जनाएको छ ।
वार्षिक २३ हजार ५७२ मेट्रिकटन खाद्यान्य उत्पादन हुने गरे पनि २६ हजार ८२६ मेट्रिकटन आवश्यक रहेकाले दार्चुला खाद्य असुरक्षित मानिन्छ । अपुग रहेको तीन हजार २५४ मेट्रिकटन खाद्यान्न तराईका जिल्ला तथा छिमेकी मुलुक भारतबाट आयात हुने गरेको छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया