शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ११:०६
वासिङटन डिसी 00:21

दिवङ्गत नेता ढकालको दाहसंस्कार

इनेप्लिज २०७१ चैत २३ गते ११:०३ मा प्रकाशित

ram-nath-dhakal-kp-oliकाठमाडौँ, २३ चैत । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवम् लुम्बिनी अञ्चल प्रमुख स्वर्गीय रामनाथ ढकालको आज पशुपति आर्यघाटमा धार्मिक विधिअनुसार दाहसंस्कार गरियो ।

स्वर्गीय ढकाललाई उहाँका सुपुत्र सन्दीप ढकालले दागबत्ती दिनुभएको थियोभने उहाँको पार्थिव शरीरमा एमाले अध्यक्ष के पी शर्मा ओलीले पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । साथै पार्टीका उपाध्यक्ष, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले राष्ट्रिय झण्डा ओढाएर दिवङ्गत नेताप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

आर्यघाटमा ढकाललाई श्रद्धाञ्जलि अर्पण गर्न पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, सभामुख सुवासचन्द्र नेम्वाङ, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर के सी, सभासद्हरु बालकृष्ण खाँण, गगन थापा, रामहरि खतिवडा, नेकपा एमालेका नेता तथा कार्यकर्ताको ठूलो सङ्ख्यामा आर्यघाटमा उपस्थिति थियो ।

पूर्व सांसद् एवम् व्यवस्थापिका –संसद्अन्तर्गतको राज्य व्यवस्था समितिका सभापतिसमेत रहनुभएका ढकालको उपचारको क्रममा हिजो राजधानीमा निधन भएको थियो ।

प्रतिक्रिया