राष्ट्रपतिसँग शिष्टाचार भेट
इनेप्लिज
२०७१ चैत २३ गते १०:५८ मा प्रकाशित
काठमाडौँ, २३ चैत । राष्ट्रपति डा रामवरण यादवसँग नेपालको भ्रमणमा रहनुभएका कतारका श्रम तथा सामाजिक मामिलामन्त्री डा अब्दुल्लाह सलिह अल खुलाइफीले आज अपराह्न राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल– कतार सम्बन्धका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
भेटका बेला श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ, राष्ट्रपतिका सल्लाहकार सूर्य ढुङ्गेल, राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्याय, नेपालका लागि कतारका राजदूत अहमेद अलि अल हमेर र कतारस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत गणेश ढकालका साथै कतारी मन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया