मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०४:२०
वासिङटन डिसी 17:35

आन्दोलनका सम्पूर्ण कार्यक्रम त्याग्न प्रधानमन्त्रीको अनुरोध

इनेप्लिज २०७१ चैत २३ गते १०:५३ मा प्रकाशित

Nepal-Prime-Minister-Sushil-Koiralaकाठमाडौँ, २३ चैत । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनका सम्पूर्ण कार्यक्रम त्यागेर वार्ता, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट सहमति कायम गरी संविधान निर्माण गर्न आग्रह गर्नुभएको छ ।

मधेसी जनाधिकार फोरम, नेपाल (लोकतान्त्रि)का अध्यक्ष विजयकुमार गच्छदारसँग प्रधानमन्त्री निवासमा आज भएको भेटमा प्रधानमन्त्रील त्यस्तो आग्रह गर्नुभएको हो ।

भेटमा उहाँहरुबीच संविधानसभाको बैठक र संविधान निर्माणका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाले आन्दोलन र द्वन्द्वबाट लोकतान्त्रिक शासन पद्धतिको लागि झन्डै एक शताब्दी लामो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि गुम्ने खतरा भएकाले वार्ता, संवाद, सहमति र सहकार्यबाटै संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया